२३ फागुन, एजेन्सी। विद्युतीय कार टेस्ला कम्पनीका कारहरूको मूल्य घटेको छ । पछिल्लो समय बिक्री घट्दै गएपछि बिक्री बढाउन कम्पनीले कारको मूल्य घटाएको हो ।
विभिन्न मोडल तथा भेरियन्टहरूको आधारमा अमेरिका, युके र अन्य देशहरूमा समेत कम्पनीले कारको मूल्य घटाएको वेभसाइटमा उल्लेख गरेको छ ।
केही महिनाको अन्तरमा नै टेस्लाले कारको मूल्य दोश्रो पटक घटाएको थियो । यसभन्दा अघि जनवरीमा टेस्लाले कारको मूल्य २० प्रतिशतसम्म घटाएको थियो ।
विश्वव्यापी आर्थिक असहजता र अन्य विद्युतीय कम्पनीहरूको उपस्थितिसँगै टेस्लाले कार बिक्रीमा चुनाैति खेपिरहेको छ । कम्पनीले २०२२ मा बिक्री लक्ष्य पूरा गर्न नसकेपछि मूल्य घटाएर लक्ष्य भेट्टाउने तयारी गरेको बिबिसीमा उल्लेख छ ।
सुविधा र फिचरका अाधारमा टेस्लाका कारहरू ग्राहकहरूको अाकर्षण बनिरहेका छन् । तर, अन्य विद्युतीय कारहरू सस्तो भएपछि टेस्लाको राजमा धक्का लागिरहेको छ ।