१४ चैत्र २०७९, मंगलवार

बिक्री बढाउन टेस्लाले घटायो कारको मूल्य



२३ फागुन, एजेन्सी।  विद्युतीय कार टेस्ला कम्पनीका कारहरूको मूल्य घटेको छ । पछिल्लो समय बिक्री घट्दै गएपछि बिक्री बढाउन कम्पनीले कारको मूल्य घटाएको हो ।

विभिन्न मोडल तथा भेरियन्टहरूको आधारमा अमेरिका, युके र अन्य देशहरूमा समेत कम्पनीले कारको मूल्य घटाएको वेभसाइटमा उल्लेख गरेको छ ।

केही महिनाको अन्तरमा नै टेस्लाले कारको मूल्य दोश्रो पटक घटाएको थियो । यसभन्दा अघि जनवरीमा टेस्लाले कारको मूल्य २० प्रतिशतसम्म घटाएको थियो ।

विश्वव्यापी आर्थिक असहजता र अन्य विद्युतीय कम्पनीहरूको उपस्थितिसँगै टेस्लाले कार बिक्रीमा चुनाैति खेपिरहेको छ । कम्पनीले २०२२ मा बिक्री लक्ष्य पूरा गर्न नसकेपछि मूल्य घटाएर लक्ष्य भेट्टाउने तयारी गरेको बिबिसीमा उल्लेख छ ।

सुविधा र फिचरका अाधारमा टेस्लाका कारहरू ग्राहकहरूको अाकर्षण बनिरहेका छन् । तर, अन्य विद्युतीय कारहरू सस्तो भएपछि टेस्लाको राजमा धक्का लागिरहेको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द