Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२३ फागुन, बागलुङ । अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकोमा यसवर्ष सिगाना माध्यामिक विद्यालय लामिचौरमासमेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा विद्यालको सबै कक्षा कोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

कक्ष ६ देखि १० सम्मका पाँच वटा कक्षा कोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षकले ल्यापटपमा भएको पाठ्य सामग्री स्मार्ट टिभीमा देखाउन सक्नेगरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामासमेत पढाउनसक्ने व्यवस्था मिलाइएको सिगाना माध्यामिक विद्यालय लामिचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिए । ल्यापटपबाट विद्याथी पढाउन शिक्षकले तालिम लिइराखेको मल्लले जानकारी दिए ।

“केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ उनीहरुले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइराखेको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै छन्, एक शिक्षकले अर्को शिक्षकलाइसमेत सिकाउने गरेको छ”, मल्लले भने । कम्तिमा दैनिक दुई पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ ।

नगरपालिकाको रु आठ लाखबाट विद्यालयको सिकाइ योजना प्रविधिमैत्री बनाइएको हो । अहिले ५५ इन्चको पाँच वटा स्मार्ट टिभी र आठ वटा ल्यापटप खरिद गरेर विद्यालयमा प्रविधिको माध्यमबाट सिकाइ कार्यको शुभारम्भ गरिएको हो । विद्यार्थी भन्दा गुणस्तर बढाउने तर्फ विद्यालयको ध्यान गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले बताए ।

विद्यालयमा हाल एक सय ४६ विद्यार्थी छन् । “ बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै छन् तर हामीले शैक्षिक गुणस्तर भने बढाउँदै लगेका छौँ”, अध्यक्ष थापाले भने। यहाँ अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई थप आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा एक शिक्षक एक ल्यापटप र कक्षाकोठामा स्मार्ट टिभि जडान गरिएको छ । विद्यालयको भौतिक सुरधारमासमेत अहिले व्यवस्थापन समिति लागेको छ ।

डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ । विद्यालयमा कक्षाकोठा अभाव भए पनि दुईवर्ष अघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो ।

यस्तै चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु। ५० लाखमा चार कोठे सुविधा सम्पन्न विद्यालय भवन बनाउन सुरु गरिएको छ । चार कोठे विद्यालय भवन निर्माण पश्चात विद्यालयको कक्षाकोठाको समस्या समाधान हुनेछ भने विद्यालयको तारबार र प्रवेशद्वार निर्माण गरिने विद्यालयको लक्ष्य रहेको छ । बागलुङ नगरपालिकाले माध्यमिक विद्यालयमा एक ल्यापटप एक शिक्षक कार्यक्रम र स्मार्ट टिभी जडान कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?