Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
World News

‘च्याट जिपीटी’ले परिष्कृत साइबर अपराध बढाउने भन्दै साइबर सुरक्षा फर्मद्वारा चेतावनी

‘च्याट जिपीटी’ले परिष्कृत साइबर अपराध बढाउने भन्दै साइबर सुरक्षा फर्मद्वारा चेतावनी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ फागुन, एजेन्सी। बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ ।

सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजिपीटी’लाई माइक्रोसफ्ट समर्थित ‘स्टार्ट अप ओपनएआई’ले गत बर्ष नोभेम्बरदेखि सेवा सञ्चालनमा ल्याएको थियो ।

“डार्कट्रेसले च्याटजीपीटीले थप चुनौतीहरूको प्रवेशमा बाधा कम गरेको भन्नेमा विश्वास गर्दैन,” फर्मले भनेको छ ।

“तर यसले साइबर अपराधिक (फिशिंग ईमेल)हरूको परिष्कार बढाउन मद्दत गरेको विश्वास गर्छ । यसले विरोधीहरूलाई अधिक लक्षित, व्यक्तिगत र अन्ततः, सफल आक्रमणहरू सिर्जना गर्न सक्षम बनाउँछ ।

‘जेनेरेटिव एआई’ मध्येको च्याटजीपीटी एक उदाहरण हो जसले तथ्याङ्क र अनुरोधको आधारमा एक छवि, एक कविता, एक हजार–शब्द निबन्धजस्ता सामग्री सेकेन्डमा तयार पारी सेवाग्राहीलाई उपलब्ध बनाउन सक्छ ।

डार्कट्रेसले बुधबार भनेको छ, “च्याटजीपीटीले साइबर सुरक्षाका लागि जेनेरेटर एआईको प्रभावका बारेमा बिषयलाई बाहिर ल्याएको छ ।”

यद्यपि, ‘च्याट जेपीटी’ जारी भए तापनि आफ्ना ग्राहकहरूमाथि इमेल आक्रमणहरू जारी रहेको र दुर्भावनापूर्ण लिङ्कहरू भएकाहरूको सङ्ख्यामा कमी आएको कम्पनीले जनाएको छ। यद्यपि यसले ती इमेलहरूको विराम चिन्ह, वाक्य लम्बाइ र पाठ भोल्युम सहित ‘भाषिक जटिलता’मा वृद्धि भएको जनाएको छ ।

“यसले साइबर–अपराधीहरूले उनीहरूको ध्यान अधिक परिष्कृत सामाजिक ईन्जिनियरिङ् अपराधहरू निर्माण गर्न पुनः र्निर्देशित गर्न सक्दछन् भन्ने सङ्केत गर्दछ र प्रयोगकर्ताको विश्वासको शोषण गर्दछ ।

डार्कट्रेसले बुधबार सार्वजनिक गरेअनुसार यसको खूद मुनाफा यसको वित्तीय वर्षको पहिलो छ महिनामा ८६ प्रतिशतले घटेर ५८ करोड १० लाख अमेरिकी डलरमा झरेको बताएको छ ।

डार्कट्रेसको शेयर ‘लण्डन मिड डे डिल’मा १.२ प्रतिशतले बढेर २६७.१० पेन्स पुगेको छ, तर स्टक गत वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेको छ ।

साइबर आक्रमणको सामना गर्न अत्याधुनिक मानव निर्मित बौद्धिक प्रबिधि प्रयोग गर्ने कम्पनीले सन् २०२१ मा लण्डनको शेयर बजारमा लगानी गरेको थियो । यद्यपि समूहको खाताको चिन्ता र अमेरिकी निजी ‘इक्विटी फर्म थोमा ब्राभो’ले सन् २०२२ मा आफ्नो अधिग्रहण चासो समाप्त गरेपछि गत डेढ वर्षमा शेयरमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?