२५ फागुन, काठमाडाैँ । मेडिकल व्यवसायी दूर्गा प्रसाईंले सर्वसाधारणको गुनासो सुन्न एप र वेबसाइट सार्वजनिक गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान-२०७९ लाई अझै विज्ञान तथा प्रविधिमैत्री बनाउन ‘नेपाल अभियान‘ एप र वेबसाइट सार्वजनिक गरेको प्रसाईंले बताएका छन् ।
नेपाल अभियान नाम दिइएको वेवसाइट र एपमा सबैले आ-आफ्ना बैंकिङ्ग र वित्तीय समस्याहरु सिधै पोष्ट गर्न सकिने बताइएको छ ।
प्रसाईंले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको विरोधमा र राजतन्त्रको पक्षमा देशभर प्रदर्शन गर्ने अभियान चलाइरहेका छन् ।