Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२ चैत, पोखरा । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ। वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संघीय राजधानी काठमाडौंसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन्।

हाल पोखरालाई काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ। कोभिड-१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन्।

यसअघि पोखराबाट धनगढी, विराटनगर, सिमरा र जनकपुरमा पनि सिधा उडान हुँदै आएको थियो। हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको थियो। पर्यटकीय गतिविधि पूर्ववत् स्थितिमा फर्कन थालेसँगै पोखरा आउने यात्रुको चाप बढ्ने विश्वास लिइएको छ।

आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्षित गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो। गत साता मात्रै निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा-भद्रपुर सिधा उडान सुरू गरेको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखराको पर्यटनमा आशलाग्दो अवस्था देखिएको बताए। ‘म आफैँ काठमाडौंदेखि फर्कंदा जहाजमा झण्डै आधा यात्रु विदेशी देखेँ, यो हाम्रा लागि सुखद् खबर हो’, उनले भने। विमानस्थल प्रमुख गौतमले पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने बताए। ‘यात्रु नपाए एयरलाइन्सले सेवा विस्तार गर्ने कुरा हुँदैन, पर्यटक बढे उडान थपिन्छ, नयाँ गन्तव्य पनि विस्तार हुन्छ’, उनले भने।

पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्या पनि बढ्दो छ। कोभिडकालदेखि सुरक्षित यात्राका लागि पनि कतिपयले हवाई मार्ग रोज्न थालेका हुन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हवाई सञ्जाल विस्तारले पोखराको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताए। ‘हवाई मार्गबाट नयाँनयाँ गन्तव्यमा पोखरा जोडिनु भनेको पोखराको पर्यटन उकासिनु हो’, उनले भने, ‘केही महँगो परे पनि छिटो र सहज यात्राका लागि पर्यटकले हवाई मार्ग रोज्छन्, पोखरा हवाई यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ।’

अध्यक्ष अधिकारीले ‘नाट्टा’कै पहलमा पोखराबाट विभिन्न प्रदेशका सहरसम्म हवाई उडान सुरू गरिएको बताए। ‘कोभिडलगायत कारणले केही ठाउँमा नियमित हुन सकेको छैन, पर्यटक चाप हुन थालेपछि विमान कम्पनीले फेरि उडान सुरू गर्छन्’, उनले भने। पोखरामा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन्। चीनले कोभिड-१९ महामारी थामिएपछि हालै गन्तव्य देशका रुपमा नेपाललाई राखेको छ। चीनको सो निर्णयबाट पोखरा घुम्न आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा लिइएको छ। भद्रपुर, जनकपुर, सिमरालगायत सीमा छेउका सहरबाट सिधा उडान हुँदा भारतीय पर्यटक सहज रुपमा पोखरा भित्रने व्यवसायी बताउँछन्।

‘सडक यातायातबाट घण्टौँ लाग्ने गन्तव्यमा हवाई मार्गबाट केही छिनमै पुग्न सकिने अवस्था छ, नेपालको बाटोघाटो पनि त्यति स्तरीय छैन’, नाट्टा गण्डकीका अध्यक्ष अधिकारीले भने, ‘पोखराबाट देशका मुख्य गन्तव्यसम्म नियमित उडान सेवाको सुनिश्चितता गर्नुपर्छ, यसमा राज्यको पनि सोच र योजना चाहिन्छ।’

बुद्ध एयरका स्टेसन म्यानेजर गौतम बरालले धनगढीलगायत ठाउँमा पुनः उडान थाल्ने तयारी भए पनि आधिकारिक जानकारी नआएको बताए। ‘अहिले बुद्ध एयरले पोखराबाट पाँच सहरमा उडान गर्दै आएको छ, यात्रुको माग भए अन्यत्र पनि सेवा विस्तार हुँदै जान्छ’, उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले पोखराबाट हालै रात्रिकालीन उडान पनि सुरू भएको जानकारी दिए। उनका अनुसार बुद्ध एयरले काठमाडौँ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भर्न थालेको हो। चारै गन्तव्यबाट आएका जहाजले पोखरामा रात्रि विश्राम गर्ने र भोलिपल्ट सम्बन्धित गन्तव्यमा फर्कने गरेको विमानस्थलका अधिकारीको भनाइ छ। रात्रिकालीन उडान सेवाले पोखराको पर्यटन र अर्थतन्त्रको उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ।

उक्त विमानस्थलमा गत फागुन ११ गते इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै रात्रीकालीन उडान सुरू भएको हो। गएको अंग्रेजी नयाँ वर्षका दिन उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान भने अझै सुरू हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?