२ चैत, काठमाडाैँ । प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट रिकभर भएको छ । बुधबार बेलुकादेखि ह्याक भएको अकाउन्ट बिहीबार दिउसो रिकभर भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
ह्याक भएको PM_nepal_ ह्याण्डलबाट विभिन्न खालका असामान्य ट्विट तथा रिट्विट भएका थिए ।
प्रधानमन्त्री कार्यालयले आधिकारिक जानकारीहरू ट्विट गर्ने उक्त अकाउन्टका करिब ७ लाख फलोअर्स रहेका छन् ।