१४ चैत्र २०७९, मंगलवार

सार्वजनिक भएको जिपिटी-४, निः शुल्क चलाउन नपाइने



३ चैत, एजेन्सी। आर्टिफिसियन इन्टेलिजेन्स कम्पनी ओपनएआईले च्याटजिपिटीको थप परिष्कृत भर्सन सार्वजनिक गरेको छ । च्याटजिपिटी भन्दा शक्तिशाली, उत्कृष्ट फिचर भएको नयाँ च्याटबट आधिकारिक रूपमा सार्वजनिक भएको हो ।

यसलाई जिपिटी-४ को नाम दिइएको छ। यसभन्दा अघि जनवरीमा सार्वजनिक भएको च्याटजिपिटीले लोकप्रीयता हासिल गरेपछि ओपनएआईले जिपिटी-४ ल्याएको हो ।

च्याटजिपिटीमा टेक्स्ट (लेखाइ) सम्बन्धि कामहरू मात्रै हुने गरेकोमा अब जिपिटी-४ ले भने फोटो तथा ग्राफ समेत रिड गर्नसक्नेछ ।

तर, निःशुल्क च्याटजिपिटी प्रयोग गरिरहेका प्रयोगकर्ताहरूले भने जिपिटी-४ को सुविधा प्रयोग गर्न नपाउने भएका छन् । यसका लागि च्याटजिपिटी प्लस सुविधा लिनुपर्नेछ । जसको मासिक शुल्क २० अमेरिकी डलर तोकिएको छ ।

जिपिटी-४ ले विभिन्न २५ भाषामा उत्तर तथा प्रयोगकर्ताहरूलाई जवाफ दिने दाबी गरिएको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द