Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ चैत, पोखरा । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ।

साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उनलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन्।

कार्टुनमार्फत नेपाली समाजका विकृति, विसङ्गति र बेथितिका विरुद्ध प्रहार गर्ने बराललाई उनकै निवास पोखर–३ नदीपुरस्थित घरबाट रथारोहण गराई पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर अभिनन्दन गरिएको थियो।

कम शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्ने बरालले राजनीतिक तथा सामाजिक विकृतिप्रति तिखो व्यङ्ग्य गरी समाजलाई सही बाटोमा हिँडाउन भूमिका खेलेको भन्दै अभिनन्दन गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए।

नागरिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले वात्स्यानका कार्टुन समाजको ऐना भएको बताए।

“पोखरा आफैँमा सुन्दर सहर हो। सबैले देख्ने पोखरालाई क्यानभासमा लेख्ने बराल पानी रङ चलाउनुहुन्छ। पानी रङ चलाउनु क्यानभासमा जोखिम हुन्छ। सानोमात्रै त्रुटि भयो भने सच्याउने ठाउँ नै हुँदैन। जोखिम मोलेरै उहाँले पोखरालाई पानी रङको पाठशालामात्र मात्रै होइन कलाको राजधानी नै बनाइदिनुभयो”, श्रेष्ठले भने।

पोखरालाई ‘स्कुल अफ वाटर कलर’का नामले चिनाउन बरालको महत्वपूर्ण योगदान भएको उनले बताए। व्यङ्ग्य चित्रलाई उचाइमा पुर्‍याउने बराललाई विश्वस्तरीय चित्रकारका रूपमा चिनिने गरिएको श्रेष्ठले भनाइ छ।

साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले छन्द अनुभूति हुने गरी कला प्रदर्शन गर्ने क्षमताका कार्टुनिष्ट बरालले चित्रकारिताको माध्यमबाट राजनीतिक विकृतिलाई व्यङ्ग्य प्रहार गरेको बताए। पुरस्कार र पदको लोभमा कहिल्यै नलाग्ने बरालले पानी रङका चित्रमार्फत चित्रकारिता अगाडि वढाउन सफल भएको बताए।

अभिनन्दित व्यक्तित्व वात्स्यायनले आफू चित्रकारितातर्फ आफ्नै घरको भान्सा कोठाको भित्तामा रहेका चित्रबाट आकर्षित भई यस क्षेत्रमा लागेको बताए। सानो उमेरमा गाउँघरका ढुङ्गामा चित्र कोर्दै हिँड्ने गरेको सम्झना पनि उनले सो अवसरमा व्यक्त गरे।

साधारण जीवनशैली अपनाउने बराल आफूलाई आम मानिस ठान्छन्। पोखरेली युवा सांस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवं सल्लाहकार वात्स्यानलाई रथारोहण गरेको हो। चैत ४ मा बराल ८० पूरा गरी ८१ वर्ष प्रवेशको अवसर पारेर पोखराका अन्य ३१ संस्थाले बराललाई अभिनन्दन गरेका हुन्।

विस २०३० मा नाफामा एकल कला प्रदर्शनी गरेका बरालले कलालाई आजसम्म पनि माया गरिरहेका छन्। विसं १९९९ चैत ५ गते साविक आर्बा हालको पोखरा महानगरपालिका–१३ मा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका दुर्गा बराल हरिवंश र कलावतीका जेठा छोरा दुर्गाले तीन वर्षको उमेरमै आमा गुमाउनुपरेको थियो।

पञ्चायतकालमा नै नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उनका कार्टुन प्रकाशन भएका छन्।

इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, भारत, बङ्गलादेशमा उहाँले समूहगत कला प्रदर्शनी गरेका छन्। उनले छ पटक एकल प्रदर्शनी र सामूहिकरूपमा एक सय ५० वटा जति प्रदर्शनी गरेका छन्। विसं २०४० मा उनले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गरे, जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ।

बराल सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मान २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट सम्मानित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?