Trending:

विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु
अपडेट

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

५ चैत, पोखरा । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ।

साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उनलाई अभिनन्दनसँगै रथारोहण गरेका हुन्।

कार्टुनमार्फत नेपाली समाजका विकृति, विसङ्गति र बेथितिका विरुद्ध प्रहार गर्ने बराललाई उनकै निवास पोखर–३ नदीपुरस्थित घरबाट रथारोहण गराई पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर अभिनन्दन गरिएको थियो।

कम शब्द, रेखाचित्र र रङका माध्यमबाट सटिक व्यङग्य प्रहार गर्ने बरालले राजनीतिक तथा सामाजिक विकृतिप्रति तिखो व्यङ्ग्य गरी समाजलाई सही बाटोमा हिँडाउन भूमिका खेलेको भन्दै अभिनन्दन गरिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए।

नागरिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले वात्स्यानका कार्टुन समाजको ऐना भएको बताए।

“पोखरा आफैँमा सुन्दर सहर हो। सबैले देख्ने पोखरालाई क्यानभासमा लेख्ने बराल पानी रङ चलाउनुहुन्छ। पानी रङ चलाउनु क्यानभासमा जोखिम हुन्छ। सानोमात्रै त्रुटि भयो भने सच्याउने ठाउँ नै हुँदैन। जोखिम मोलेरै उहाँले पोखरालाई पानी रङको पाठशालामात्र मात्रै होइन कलाको राजधानी नै बनाइदिनुभयो”, श्रेष्ठले भने।

पोखरालाई ‘स्कुल अफ वाटर कलर’का नामले चिनाउन बरालको महत्वपूर्ण योगदान भएको उनले बताए। व्यङ्ग्य चित्रलाई उचाइमा पुर्‍याउने बराललाई विश्वस्तरीय चित्रकारका रूपमा चिनिने गरिएको श्रेष्ठले भनाइ छ।

साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले छन्द अनुभूति हुने गरी कला प्रदर्शन गर्ने क्षमताका कार्टुनिष्ट बरालले चित्रकारिताको माध्यमबाट राजनीतिक विकृतिलाई व्यङ्ग्य प्रहार गरेको बताए। पुरस्कार र पदको लोभमा कहिल्यै नलाग्ने बरालले पानी रङका चित्रमार्फत चित्रकारिता अगाडि वढाउन सफल भएको बताए।

अभिनन्दित व्यक्तित्व वात्स्यायनले आफू चित्रकारितातर्फ आफ्नै घरको भान्सा कोठाको भित्तामा रहेका चित्रबाट आकर्षित भई यस क्षेत्रमा लागेको बताए। सानो उमेरमा गाउँघरका ढुङ्गामा चित्र कोर्दै हिँड्ने गरेको सम्झना पनि उनले सो अवसरमा व्यक्त गरे।

साधारण जीवनशैली अपनाउने बराल आफूलाई आम मानिस ठान्छन्। पोखरेली युवा सांस्कृतिक परिवारले आफ्ना सम्मानित आजीवन सदस्य एवं सल्लाहकार वात्स्यानलाई रथारोहण गरेको हो। चैत ४ मा बराल ८० पूरा गरी ८१ वर्ष प्रवेशको अवसर पारेर पोखराका अन्य ३१ संस्थाले बराललाई अभिनन्दन गरेका हुन्।

विस २०३० मा नाफामा एकल कला प्रदर्शनी गरेका बरालले कलालाई आजसम्म पनि माया गरिरहेका छन्। विसं १९९९ चैत ५ गते साविक आर्बा हालको पोखरा महानगरपालिका–१३ मा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका दुर्गा बराल हरिवंश र कलावतीका जेठा छोरा दुर्गाले तीन वर्षको उमेरमै आमा गुमाउनुपरेको थियो।

पञ्चायतकालमा नै नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उनका कार्टुन प्रकाशन भएका छन्।

इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, भारत, बङ्गलादेशमा उहाँले समूहगत कला प्रदर्शनी गरेका छन्। उनले छ पटक एकल प्रदर्शनी र सामूहिकरूपमा एक सय ५० वटा जति प्रदर्शनी गरेका छन्। विसं २०४० मा उनले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गरे, जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ।

बराल सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मान २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट सम्मानित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?