१४ चैत्र २०७९, मंगलवार

‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’



५ चैत, काठमाडाैँ । अर्थ मन्त्रालका राजस्व सचिव डा रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन् ।

कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख सचिव घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याङ्क लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेको धारणा राखे ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कार्य गरिरहेको बताए । उनले आगामी दिनमा देशको आर्थिक वृद्धिमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधनअनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको बताए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम रू दुई खर्ब छ अर्ब १९ करोड रहेकोमा उक्त अवधिमा कोषले रू दुई खर्ब पाँच अर्ब ६९ करोड लगानी गरेको बताए ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द