Trending:

काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम एनभिडियाले एप्पललाई पछि पार्दै विश्वकै महँगो कम्पनीको स्थानमा कब्जा जमायो Apple Intelligence भनेको के हो, कहिले आउँदैछ र कसले पाउनेछ ? [EXCLUSIVE] एनसेलले यसरी लुटेको थियो ग्राहकबाट अर्बौ रकम: दर्जन गैर-कानूनी गतिविधि, पटक-पटक कारवाही नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक विश्वमै पहिलोपटक सामसुङले ल्याउँदै ३ पटक फोल्ड गर्न मिल्ने स्मार्टफोन फोनप्वाइन्ट्ससँग इसेवाको साझेदारी ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ? इन्टरनेट सेवा प्रदायक रेग्मी मिडिया इक प्रा. लि. को अनुमतिपत्र खारेज ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने उत्तर कोरियाली ‘साइबर अपराधी’लाई जागिर दिएपछि कम्पनीको प्रणाली ह्याक भयो अफलाइन भुक्तानी सेवा ल्याउन राष्ट्र बैंकको कसरत, इन्टरनेट नपुग्ने ग्रामीण भेगलाई पनि समेट्न सकिने कोरला नाकामा टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भारतमा बिक्री घटेपछि नोकियाको समग्र कारोबारमै गिरावट चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण ईएस५ इलेक्ट्रिक एसयूभी चीनमा लन्च नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने
अपडेट

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

८ चैत, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो ।

मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताए । “विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना छन्”, उनले भने, “कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा अनियमित हुने गरेका गुनासो छ, यी सबै गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले मापसे परीक्षण गर्ने ब्रेथलाइजर खरिद गर्ने निर्णय गरिएको हो ।”

मादक पदार्थ सेवन गरेर सार्वजनिकस्थलमा हुने झैझगडामा संलग्नको मापसे जाँचमा समेत उपकरणलाई उपयोगमा ल्याउने तयारी छ । मापसे गरेर सार्वजनिकस्थलमा होहल्ला गर्ने सेवाग्राहीको समेत मापसे जाँच हुनेछ ।

मापसे परीक्षण गर्ने उपकरण अभावमा हालसम्म स्वास्थ्य संस्थादेखि इलाका प्रहरी कार्यालय हलेसीमा समेत मुख सुँघेर मापसे जाँच गर्नुपर्ने बाध्यता अन्त्यका लागि पनि मापसे जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गरिएको जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको नगरपालिकामा चालकले मापसे गरे÷नगरेको पत्ता लगाउनसमेत उपकरण सहयोगी हुने नगरपालिकाले जनाएको छ ।

आवश्यक परेको समयमा मापसे गर्ने सबैको मापसे जाँच गर्न उपकरणको प्रयोग गरिने नगरप्रमुख राईले बताउनुभयो । विशेषगरी शिक्षकलाई लक्षित गरेर मापसे परीक्षण गर्ने उपकरण ल्याउने निर्णय गरिएको हो । दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म पादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गर्ने डिजिटल उपकरण छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत मापसे परीक्षण गर्ने उपकरण नरहेको बुझिएको छ ।

ट्राफिक प्रहरी कार्यालयमा एक व्यक्तिको मापसे परीक्षण गर्न कम्तीमा पाँच÷सात मिनेट लाग्ने पुरानो प्रविधिको उपकरणमात्र रहेको ट्राफिक प्रहरी प्रमुख हिमालय पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?