Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ: मन्त्री शर्मा

नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छ: मन्त्री शर्मा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ चैत, दिल्ली। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छन् । भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन् ।

सीमित क्षमताका कारण डिजिटल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन समस्या भइरहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, “मलाई विश्वास छ, आइटियुको क्षेत्रीय कार्यालय स्थापनाले नेपालको क्षमतामा देखिएको ‘ग्याम’ कम गर्न सहयोग गर्नेछ ।”

क्षेत्रीय कार्यालय स्थापना भएसँगै सदस्य राष्ट्रमाझ तथा सहयोग आदानप्रदानमा मद्दत पुग्ने मन्त्री शर्माको विश्वास थियो । उनले दक्षिण एशियामा आइटीयुबाट प्राविधिक सहयोग, सूचना र सञ्चार प्रविधिमा नीति निर्देशनहरू कार्यान्वयन गर्न क्षेत्रीय डिजिटल संलग्नताबाट पनि फाइदा लिन सकिने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले भनिन्, “द्विपक्षीय र बहुपक्षीय छलफल र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्न आइटीयुका सदस्य राष्ट्रहरूबीचको भविष्यमा सहयोगका लागि आधार बन्नेछ, यस फोरमले कम विकसित देशहरू (एलडिसीएस), साना टापु विकासशील देशहरु (एसआइडिएस)लगायत भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिएस) का दूरसञ्चार र आइसीटिका आवश्यकता पूरा गर्न प्राथमिकता दिनेछ ।”

सन् २०१८ मा दुबईमा भएको ‘आइटीयुपिपी’ सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय कार्यालयको परिकल्पना गरेको स्मरण गर्दै मन्त्री शर्माले नयाँ कार्यालयको स्थापनाले क्षेत्रीय उपस्थितिको अपर्याप्ततालाई पूरा गर्ने विश्वास व्यक्त गरिन् । दिगो विकासका लागि विकसित प्रविधि प्रयोग गर्दै कार्यक्रम र परियोजना सञ्चालन गर्न र आइटीयु सदस्य राष्ट्रहरूलाई नजिक ल्याउन मद्दत गर्ने उनको भनाइ छ ।

नयाँदिल्लीमा आइटीयुको क्षेत्रीय कार्यालयको स्थापनाले आइटियु विशेषज्ञता भएका सदस्य राष्ट्रको क्षमता निर्माणका लागि कोसेढुङ्गा सावित हुने बताउँदै मन्त्री शर्माले विद्यमान डिजिटल विभाजनलाई कम गर्ने विश्वास व्यक्त गरिन् ।

आइटियुले प्राविधिक सहयोगलाई मात्र सुदृढ नगरी क्षेत्रीय दूरसञ्चार विकासलाई पनि बढावा दिने र त्यसबाहेक, डिजिटल रूपान्तरणलाई पनि गति दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?