Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
अपडेट

कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ

कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने समूह पक्राउ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ चैत, काठमाडाैँ । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ बस्ने न्युल्केश श्रेष्ठ, मोरङका हीरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने विजय लामा रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ ।

उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । पक्राउ परेका कृष्णबहादुर कटवाल मुख्य योजनाकार भएको समेत प्रहरीले जनाएको छ । उनले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडाँैबाट तिब्बती शरणार्थीको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउन गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ ।

कटवालले न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई हरेक पटक रु १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरीले जानकारी दिएको छ ।

न्युल्केश श्रेष्ठले हालसम्म तिब्बती व्यक्ति सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको पाइएको छ । कटवालले त्यसरी कीर्ते कागजात तयार गरी गैरनेपालीलाई सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म रकम लिने गरेको खुलेको छ ।

नागरिकता लिएका अन्य २५/३० जनाको सक्कलै नागरिकतामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको समूहले अहिलेसम्म पाँच सयभन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरीको अनुमान छ । कटवाल यसअघि ठगी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?