९ चैत, एजेन्सी । भारतको एक रेल स्टेशनको स्क्रिनमा पोर्न फिल्म चलेको छ । हजाराैँ यात्रुहरू बसिरहेको स्टेशनमा ब्लु फिल्म चलेपछि हंगामा नै भएको छ ।
बिहारको पटना रेलवे स्टेशनमा पर्खिरहेका मानिसहरू आइतबार अचम्ममा परेका थिए । विज्ञापनहरू देखाउनका लागि राखिएका स्क्रनमा सामान्य विज्ञापनहरूको सट्टा ब्लु फिल्म चलेपछि मानिसहरू अचम्मित भए । अहिले उक्त घटनाका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
इन्डिया टुडेको रिपोर्ट अनुसार बिहान ९.३० बजे प्लेटफर्म नम्बर १० मा उक्त घटना भएको हो । अश्लील क्लिप लगभग तीन मिनेट इलेक्ट्रोनिक डिस्प्लेमा चलेको थियो ।
अचम्मित यात्रुहरूले उजुरी दर्ता गर्नको लागि सरकारी रेलवे पुलिस र रेलवे सुरक्षा बललाई यो कुरा रिपोर्ट गरेका थिए ।
रिपोर्ट अनुसार उक्त रेल्वे स्टेशनमा विज्ञापन राख्ने जिम्मा पाएको दत्त एड्भर्टाइजिङ कम्पनिविरूद्ध एफआईआर दर्ता गरिएको छ भने कम्पनीलाई रेलवे द्वारा कालोसूचीमा राखिएको छ । दत्त कम्युनिकेसनसँगको सम्झौता खारेज गरी जरिवाना गरिने प्रतिवेदनमा उल्लेख छ ।
रेलवे अधिकारीहरूले यस विषयमा छुट्टै अनुसन्धान सुरु गरेका छन्। रिपोर्टहरूका अनुसार अधिकारीहरूले स्टेशन अपरेटरको खोजी सुरु गरेका छन् । जो यस घटना हुनेबित्तिकै भागेर बेपत्ता भएका थिए ।