Trending:

डीपफेक भिडियोविरुद्ध आमिरले दिए उजुरी ग्लोबल आईएमई बैंकद्वारा ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग कोमल बहादुर खत्री नेपाल टेलिकमको सञ्चालक सदस्यमा नियुक्त ‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने आफ्नाका लागि रमाउन एनसेलको सन्देशमूलक फागु विशेष भिडियो ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर पाँच वर्षमा ५ खर्ब बराबरको सफ्टवेयर निर्यात गर्नेगरी सरकारले आइटी क्षेत्रलाई प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन सरकारी जग्गा दुरुपयोगको विवरण इमेलबाट पठाउन सकिने टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित सिंगो नेपाल फिल्म निर्माताहरुका लागि स्टुडियो हो: सञ्चार तथा सूचना प्रविधि मन्त्री ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने त्रिभुवन विश्वविद्यालयको तयारी एनसेल र ईएन्ड इन्टरनेसनलबीच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी राप्ती प्रतिष्ठानमा सुरु भयो टोकन प्रणाली ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चारहजार बढीको सहभागिता टिकटक खुला गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’ रेडियो कार्यक्रममार्फत चिनजान, विवाह गर्न दबाब दिएपछि हत्या एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा अध्यागमन विभागले शुरु गर्‍यो ई.भिसा र अनलाइन भुक्तानी सेवा सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले दिए आवेदन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा – मन्त्री शर्मा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता टेरामक्स प्रणाली खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल मार्फत सूचना सार्वजनिक गर्नु पर्ने आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य : मन्त्री शर्मा साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना डेढ वर्षभित्र नेपाललाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ : प्रधानमन्त्री ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित सीजी टेलिकमको लाइसेन्स खारेज अब ८ कक्षा माथिका विद्यार्थीले नेपाल टेलिकमको सिम पाउने ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकको घोषणा अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने डोल्पामा टेलिफोनको ‘लोडसेडिङ’ एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो छ: अध्यक्ष खनाल टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा नेपालमा दर्ताका लागि टिकटकले पठायो पत्र सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु
अपडेट

खोला सुकाएरै बिजुली

१९ चैत्र २०७९, आईतवार १०:१५

१९ चैत्र, पर्वत । अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ ।

केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गथ्र्यो । यस खोलामा पाइने असला माछाको चर्चा र माछा बेचेर जीविकोपार्जन गर्नेहरूको आम्दानी राम्रै हुन्थ्यो । यति बेला मोदी खोलामा पानी बग्न छाडेको छ ।

विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको हो । खोलामा निर्बाध पानी बग्न पाउनुपर्ने भए पनि हाइड्रोका मालिकको व्यापारिक स्वार्थका कारण प्रकृतिमाथि गम्भीर खेलबाड भइरहेको स्थानीयको बुझाइ छ ।

‘मोदी खोलामा सञ्चालित सबै विद्युत् गृहले सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गर्दा मोदी खोला पानी बिनाको खोला बनेको छ, हाइड्रोले न्यूनतम १० प्रतिशत पानी छाड्नै पर्ने हो, यसको नियन्त्रण र अनुगमन कसले गर्ने ?’, अधिकारकर्मी तथा स्थानीय माधव पौडेलले भने, ‘जलचर र पर्यावरणमा गम्भीर असर परिरहेको छ, खोलाको अस्तित्व नै सकियो, यसले जङ्गल नासिने, पानीको मुहान सुक्ने र खेतीमा सिँचाइ गर्ने काममा बाधा भइरहेको छ, कुनै पनि बहानामा प्राकृतिक दोहन गर्न मिल्दैन ।’

मोदी खोलामा सबैभन्दा पहिले सञ्चालनमा आएको जलविद्युत् आयोजना मोदी गाउँपालिकामा अवस्थित मोदी खोला जलविद्युत् केन्द्र« हो । नेपाल विद्युत् प्राधिकरणले २०५७ सालमा निर्माण सम्पन्न गरेको यस जलविद्युत् केन्द्रले १४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ । अर्को कुश्मा नगरपालिकामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाले उत्पादन दिन सुरु गरेको दश वर्ष बढी भइसकेको छ । मोदी खोलामै रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजना पनि केही महिनाअघिदेखि सञ्चालनमा आएको छ ।

त्यस्तै चौधरी ग्रुपको लगानीमा १५ दशमलव एक मेगावाट क्षमताको मध्य मोदी आयोजनाले पनि उत्पादन सुरु गरिरहेको छ । मोदी खोलामा बग्ने पानीबाट नै नेपाल विद्युत् प्राधिकरणले बिरेठाँटीमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना र माथिल्लो मोदी जलविद्युत् ‘ए’ बाट १८ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको सुरुआत गरिसकेको छ । छोटो दूरीमा बग्ने मोदी खोलाको पानी उपयोग गरेर निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोड्दा एक सय १७ दशमलव एक मेगावाट पुग्छ ।

‘हामीभन्दा माथि धेरै ठाउँमा हाइड्रो पनि थपिएका छन्, अहिले तीन मेगावाटभन्दा बढी उत्पादन आउन सकेको छैन’, तल्लो मोदी–१ जलविद्युत् आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने, ‘हामीले विद्युत् प्राधिकरणसँग सञ्चालनका लागि लाइसेन्स लिँदा जुन मापदण्ड बनाएका थियौँ त्यो अनुसार खोलामा पानी नै छैन, र पनि हामीले चाहिँ १० प्रतिशतभन्दा बढी नै पानी खोलामा छाडेका छौँ भन्ने लाग्छ ।’

माछाका लागि परिचित बिरेठाँटी, नयाँपुल, अम्बोट लगायतका ठाउँको माछा व्यवसाय पनि सङ्कटमा परेको छ । केही वर्षअघिसम्म पनि मोदीका माछा खानका लागि आन्तरिक पर्यटकको भीड देखिने यी ठाउँ हिजोआज सुनसानजस्तै देखिन्छन् ।

‘हामी सानोको बेला दाइहरुसँग मोदी खोलामा गएर माछा मारेर ल्याउँथ्यौँ, दाइहरुले चाहिँ नयाँपुलको होटलहरुमा लगेर बिक्री गर्नुहुन्थ्यो’, राजमार्ग छेउ ओडारेमा रेष्टुरेष्ट सञ्चालन गर्नुभएका गौरव क्षेत्रीले भने, ‘मोदीको माछा भनेपछि पोखरा, बागलुङ हिँडेका गाडी पनि अम्बोटमा रोक्थे र माछा खाएर मात्रै गन्तव्यतर्फ हिँड्ने गर्थे, अहिले भने मोदी खोलामा माछा पाइन छाडेको छ, खोला नै सुकेपछि माछा हुने कुरै रहेन ।’

मोदी गाउँपालिका र कुश्मा नगरपालिकाले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट प्रत्येक वर्ष दुई करोडको आसपासमा रोयल्टी बुझ्ने गरेका छन् । स्थानीयले स्थानीय सरकारको मिलेमतोमा नै खोला सुकाउने काम भइरहेको आरोपसमेत लगाउने गरेका छन् । मोदी गाउँपालिकाले भने आफूहरूको अनुरोधलाई हाइड्रो सञ्चालकले बेवास्ता गर्दै आएको बताएको छ ।

‘हामी अनुगमनमा पुग्दा सबै ठाउँमा खोला सुकाएर ड्याममा पानी पठाएको देख्यौँ, विकास रोकेर पनि भएन, सम्झौता अनुसारको कामै गरेनन्’, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘उनीहरूलाई भन्यो, हामीले छोडेछौँ भन्छन्, छोड्नु भाछैन हामी अनुगमनमै छौँ भन्यो, छोडिहाल्यौँ भन्ने अनि दुईचार दिनपछि उस्तै गर्छन् ।’

कुश्मा–पोखरा सडक छेउमा पर्ने मोदी खोला सुकेको सबैले प्रस्ट देख्ने गरेको भए पनि कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय चुपचाप देखिएको स्थानीयको भनाइ छ । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले यस बारेमा बुझेर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?