Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

खोला सुकाएरै बिजुली

खोला सुकाएरै बिजुली
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१९ चैत्र, पर्वत । अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ ।

केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गथ्र्यो । यस खोलामा पाइने असला माछाको चर्चा र माछा बेचेर जीविकोपार्जन गर्नेहरूको आम्दानी राम्रै हुन्थ्यो । यति बेला मोदी खोलामा पानी बग्न छाडेको छ ।

विद्युत् गृहका सञ्चालकले कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने भए पनि सबै पानी ड्यामतर्फ लगाउँदा खोलामा पानी बग्न छाडेको हो । खोलामा निर्बाध पानी बग्न पाउनुपर्ने भए पनि हाइड्रोका मालिकको व्यापारिक स्वार्थका कारण प्रकृतिमाथि गम्भीर खेलबाड भइरहेको स्थानीयको बुझाइ छ ।

‘मोदी खोलामा सञ्चालित सबै विद्युत् गृहले सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गर्दा मोदी खोला पानी बिनाको खोला बनेको छ, हाइड्रोले न्यूनतम १० प्रतिशत पानी छाड्नै पर्ने हो, यसको नियन्त्रण र अनुगमन कसले गर्ने ?’, अधिकारकर्मी तथा स्थानीय माधव पौडेलले भने, ‘जलचर र पर्यावरणमा गम्भीर असर परिरहेको छ, खोलाको अस्तित्व नै सकियो, यसले जङ्गल नासिने, पानीको मुहान सुक्ने र खेतीमा सिँचाइ गर्ने काममा बाधा भइरहेको छ, कुनै पनि बहानामा प्राकृतिक दोहन गर्न मिल्दैन ।’

मोदी खोलामा सबैभन्दा पहिले सञ्चालनमा आएको जलविद्युत् आयोजना मोदी गाउँपालिकामा अवस्थित मोदी खोला जलविद्युत् केन्द्र« हो । नेपाल विद्युत् प्राधिकरणले २०५७ सालमा निर्माण सम्पन्न गरेको यस जलविद्युत् केन्द्रले १४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ । अर्को कुश्मा नगरपालिकामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाले उत्पादन दिन सुरु गरेको दश वर्ष बढी भइसकेको छ । मोदी खोलामै रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजना पनि केही महिनाअघिदेखि सञ्चालनमा आएको छ ।

त्यस्तै चौधरी ग्रुपको लगानीमा १५ दशमलव एक मेगावाट क्षमताको मध्य मोदी आयोजनाले पनि उत्पादन सुरु गरिरहेको छ । मोदी खोलामा बग्ने पानीबाट नै नेपाल विद्युत् प्राधिकरणले बिरेठाँटीमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना र माथिल्लो मोदी जलविद्युत् ‘ए’ बाट १८ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको सुरुआत गरिसकेको छ । छोटो दूरीमा बग्ने मोदी खोलाको पानी उपयोग गरेर निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोड्दा एक सय १७ दशमलव एक मेगावाट पुग्छ ।

‘हामीभन्दा माथि धेरै ठाउँमा हाइड्रो पनि थपिएका छन्, अहिले तीन मेगावाटभन्दा बढी उत्पादन आउन सकेको छैन’, तल्लो मोदी–१ जलविद्युत् आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने, ‘हामीले विद्युत् प्राधिकरणसँग सञ्चालनका लागि लाइसेन्स लिँदा जुन मापदण्ड बनाएका थियौँ त्यो अनुसार खोलामा पानी नै छैन, र पनि हामीले चाहिँ १० प्रतिशतभन्दा बढी नै पानी खोलामा छाडेका छौँ भन्ने लाग्छ ।’

माछाका लागि परिचित बिरेठाँटी, नयाँपुल, अम्बोट लगायतका ठाउँको माछा व्यवसाय पनि सङ्कटमा परेको छ । केही वर्षअघिसम्म पनि मोदीका माछा खानका लागि आन्तरिक पर्यटकको भीड देखिने यी ठाउँ हिजोआज सुनसानजस्तै देखिन्छन् ।

‘हामी सानोको बेला दाइहरुसँग मोदी खोलामा गएर माछा मारेर ल्याउँथ्यौँ, दाइहरुले चाहिँ नयाँपुलको होटलहरुमा लगेर बिक्री गर्नुहुन्थ्यो’, राजमार्ग छेउ ओडारेमा रेष्टुरेष्ट सञ्चालन गर्नुभएका गौरव क्षेत्रीले भने, ‘मोदीको माछा भनेपछि पोखरा, बागलुङ हिँडेका गाडी पनि अम्बोटमा रोक्थे र माछा खाएर मात्रै गन्तव्यतर्फ हिँड्ने गर्थे, अहिले भने मोदी खोलामा माछा पाइन छाडेको छ, खोला नै सुकेपछि माछा हुने कुरै रहेन ।’

मोदी गाउँपालिका र कुश्मा नगरपालिकाले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट प्रत्येक वर्ष दुई करोडको आसपासमा रोयल्टी बुझ्ने गरेका छन् । स्थानीयले स्थानीय सरकारको मिलेमतोमा नै खोला सुकाउने काम भइरहेको आरोपसमेत लगाउने गरेका छन् । मोदी गाउँपालिकाले भने आफूहरूको अनुरोधलाई हाइड्रो सञ्चालकले बेवास्ता गर्दै आएको बताएको छ ।

‘हामी अनुगमनमा पुग्दा सबै ठाउँमा खोला सुकाएर ड्याममा पानी पठाएको देख्यौँ, विकास रोकेर पनि भएन, सम्झौता अनुसारको कामै गरेनन्’, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘उनीहरूलाई भन्यो, हामीले छोडेछौँ भन्छन्, छोड्नु भाछैन हामी अनुगमनमै छौँ भन्यो, छोडिहाल्यौँ भन्ने अनि दुईचार दिनपछि उस्तै गर्छन् ।’

कुश्मा–पोखरा सडक छेउमा पर्ने मोदी खोला सुकेको सबैले प्रस्ट देख्ने गरेको भए पनि कारबाही गर्ने निकाय जिल्ला प्रशासन कार्यालय चुपचाप देखिएको स्थानीयको भनाइ छ । पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले यस बारेमा बुझेर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?