Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
World News

सेमीकन्डक्टमाथिको नियन्त्रणले बेइजिङको आत्मनिर्भरतालाई बढावा दिएको दावी

सेमीकन्डक्टमाथिको नियन्त्रणले बेइजिङको आत्मनिर्भरतालाई बढावा दिएको दावी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२० चैत, बेइजिङ । चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन् । सन् २०१९ को डिसेम्बरमा जापानी विदेशमन्त्रीका रूपमा भएको चीन भ्रमणपछि बेइजिङ भ्रमण गर्ने योशिमासा हायाशी पहिलो जापानी उच्च अधिकारी हुन् ।

जापानले सेमीकन्डक्टर बनाउन प्रयोग हुने २३ वटा वस्तुको निर्यात नियन्त्रण गर्ने योजना सार्वजनिक गरेको केही दिनपछि नै मन्त्रीहरूको बेइजिङ बैठक हुन लागेको हो । ‘संयुक्त राज्य अमेरिकाले जापानी सेमीकन्डक्टर उद्योगलाई दबाव दिने रणनीति प्रयोग गर्यो, र अब उसले चीनविरुद्ध आफ्नो पुरानो चाल दोहोर्याइरहेको छ,’ किनले आफ्ना समकक्षीसँग भने। उनले जापानलाई वासिङ्टनको ’मिनिअन’ भएको आरोप पनि लगाए ।

उनले भने, ‘यो नाकाबन्दीले चीनको आत्मनिर्भर बन्ने अठोटलाई थप बल दिनेछ ।’ नेदरल्यान्ड्सले गत महिना ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय सुरक्षा’को हवाला दिँदै जापानमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो । पत्रकारहरूसँगको कुराकानीमा हयाशीले आइतबार नयाँ प्रतिबन्धहरू ‘अन्तर्राष्ट्रिय नियमहरू अनुरूप’ भएको र यो ‘कुनै विशेष देशलाई लक्षित नगरिएको’ बताएका छन्। विश्वकै दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका चीन र जापानबीचको तिक्ततापूर्ण सम्बन्धमा सेमीकन्डक्टर एक प्रमुख बिषय बनेको छ ।

दुई देशका विदेशमन्त्रीबीच बेइजिङमा टोकियोस्थित औषधि कम्पनी एस्टेलासका लागि काम गर्ने एक जापानी नागरिकलाई जासुसीको आरोपमा हालै चीनले हिरासतमा लिएको विषयमा पनि छलफल भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै हयाशीले जापानले आफ्ना नागरिकलाई हिरासतमा लिएको बिषयमा कुटनीतिकरूपमा ‘विरोध’ जनाएको र उहाँलाई तत्काल रिहा गर्न माग गरेको बताए ।

किनले जापानी अधिकारीको हिराशतको बिषयमा आइतबार भने, ‘चीनले उहाँसँग कानुनी व्यवहार गर्नेछ ।’ दुवै पक्षले जापानले सेन्काकस र बेइजिङले डियाओयुस भन्ने टापुहरूको समूहबारेको विवादमा पनि छलफल गरेका थिए । हयाशीले भने, ‘हामीले सेनकाकु टापु आसपासको अवस्थालगायत पूर्वी चीन सागरका बारेमा मेरो गम्भीर चिन्तालाई दोहोर्याएका छौं, साथै रूससँगको सहयोगसहित हाम्रो देशमा र वरपर चीनको बढ्दो सैन्य गतिविधिबारे पनि ध्यानाकर्षण गराएका छौँ ।’

जापानले आयोजना गर्न लागेको जी–७ को बैठकमा बेइजिङको बढ्दो क्षेत्रीय आक्रामकताबारे छलफल हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?