Trending:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द iOS 17 मा फोटोलाई स्टिकरमा कसरी बदल्ने स्मार्टफोन ब्राण्ड रियलमीको फ्यान फेस्ट हुदैँ विज्ञान र गणितका शिक्षक अभाव राससको श्रव्यदृश्य अब एफटीपी प्रणालीबाट नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य सेयर धितो कर्जामा १२ करोडको सीमा हट्दै Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प अमेरिकाद्वारा संविधान दिवसको शुभकामना प्रेस युनियनद्वारा परामर्श समिति गठन चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु आईफोन १५ सार्वजनिक : कति पर्छ मूल्य, के-के छन् विशेषताहरू ? iPhone 15, Apple Watch, USB-C कनेक्टर घोषणा, हेर्नुहोस् Apple Event 2023 (LIVE) भियतनाम एयरलाइन्स र बोइङबीच करिब आठ अर्ब डलरको सम्झौता डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संविधान दिवसको दिनदेखि सञ्चालनमा आउने राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो मुगु खुल्यो नेपाल–भारत क्युआर भुक्तानीको बाटो ‘मोबाइल एप्स’मार्फत कृषि परामर्श लिँदै चितवनका किसान नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग हिमालय एयरलाइन्सले सुरू गर्यो चीनको छिङदाओमा उडान नवलपुरमा सवारीसाधन स्क्यानर राखिने नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू एमसिसी अन्तर्गत प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान इन्स्टाग्राममा देखिएको विज्ञापनको भर पर्दा ३४ लाख चट्… त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू, अधिकांश काम अनलाइनबाटै हुने हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
World News

गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

२० चैत्र २०७९, सोमबार १६:००
२० चैत्र २०७९, सोमबार १६:००

२० चैत, एजेन्सी । आर्थिक बर्ष २०२२÷०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।

भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ ।

भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।

अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ ।

एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् ।

ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्यमहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ ।

आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भन्नुभयो, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ ।

आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स(युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?