२१ चैत, काठमाडाैँ । माइक्रो-ब्लगिङ साइट ट्विटरको लोगो परिवर्तन भएको छ । सीईओ एलन मस्कले ट्विटरको पहिले चराको लोजो परिवर्तन गरेर कुकुरको राखेका हुन् ।
उक्त कुकुर एक क्रिप्टोकरेन्सी डजक्वाइनको लोगो हो । जसको एलन मस्कले लामो समयदेखि वकालत गरिरहेका छन् ।
ट्विटर प्रयोगकर्ताहरूले सोमबार ट्विटरको वेब भर्सनमा डजक्वाइनको लोगे देखेका थिए । डजक्वाइन २०१३ एक मिमका रूपमा बनाइएको थियो ।
तर, मोबाइल एपको लोगोमा भने कुनै परिवर्तन देखिएको छैन ।
२०२२ मा एलन मस्कलाई एक प्रयोगकर्ताले ट्वीटर खरिद गरेर लोगोमा डजक्वाइन राख्न सुझाव दिएका थिए । उनले सोही स्क्रिनसट समेत शेयर गरेका छन् ।