२४ चैत, एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटरको लोगोमा चरा फर्किएको छ । गत हप्ता एलन मस्कले चराको ठाउँमा कुकुरको आइकन राखेका थिए ।
उक्त आइकन चर्चित मध्येको एक क्रिप्टोकरेन्सी डनकोइनको हो । एलन मस्कले पछिल्ला केही वर्षदेखि डजकोइनको समर्थन गर्दै आइरहेका छन् ।
सोही कारण उनले उक्त लोगो ट्विटरको वेभ भर्सनमा राखिदिएका थिए । त्यसको केही समयमा नै डजकोइनको मूल्य ३० प्रतिशतले बढेको थियो ।