Trending:

कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै
अपडेट

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न सिसिटिभी क्यामेरा जडान

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न सिसिटिभी क्यामेरा जडान
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

२६ चैत, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् ।

पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।

“पछिल्लो केही दिनयता बाघको बिगबिगी भयो, बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरेका छौँ”, उनले भने, “अहिले बाघ देखिएको ठाउँमा क्यामेराले निगरानी गरिरहेका छौँ, एक साता हेर्छौं कस्तो नतिजा आउँछ, नभएपछि अर्को ठाउँमा क्यामेरा सार्छौं ।”

उनका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ ।

यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो । चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुर्नर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।

पुर्नर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन् । उनीहरु त्रासले रातभर जाग्राम बस्न बाध्य छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । “गाउँ नजिकै बाघ देखिएपछि स्थानीयमा त्रास छ, बाघ एउटै ठाउँमा बस्दैन, त्यही पनि एक साता क्यामेराले निगरानी गरेपछि त्यो क्षेत्रमा बाघ छ वा छैन भन्ने निक्र्यौल हुन्छ”, उनले भने, “त्यसले स्थानीयको त्रासलाई केही हदसम्म कम गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?