२८ चैत्र, काठमाडाैँ । सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेजमा कसैले अनधिकृत पहुँच पुर्याइ असान्दर्भिक पोस्ट समेत गरेको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पेज नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् ।
उनले आज बिहानदेखि फेसबुक पेजमा समस्या आएको बताएका छन् ।