Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
अपडेट

ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको बिचल्ली, कानूनी उपचार खोजिँदै

ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको बिचल्ली, कानूनी उपचार खोजिँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२९ चैत, झापा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गरेकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् ।

“तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फुरुक्क पार्नुभयो”, पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिँदै उनले भनिन्, “सुरुमा एक लाख ३० हजार बुझाउनुपर्छ भन्नुभयो, मैले खुरुक्कै बुझाएँ ।”

तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफूले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उनले बताइन्। अहिले उनी आफ्नो पैसा फिर्ताका लागि कानूनी उपचार खोज्ने तयारीमा छिन् ।

जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमाजस्तै कोशी प्रदेशका सयौँ युवाले ठगिएको गुनासो गरेका छन् ।

बिर्तामोड–४ स्थित विद्युत् प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङलगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितको भनाइ छ ।

नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकले फेसबुक र टिकटकमा विज्ञापन गरी मासिक रु ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन् ।

दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौँ रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरू उनीहरूलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ ।

जबर्जस्ती भिडाइएको सामान बिक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकले हत्याउने गरेका कारण ओरियन्समा आबद्ध भएका युवा बिचल्लीमा पर्ने गरेका छन् । ठगिएका धेरैजसो ‘डिप्रेसन’ मा पर्ने गरेका छन् ।

धनकुटामै कोरियाली भाषा पढ्दै गरेकी तेह्रथुम जिल्ला छथर गाउँपालिका–६ शुक्रबारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धकजस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौँ पुगेकी छन् ।

धनकुटाको एउटा भाइले बिहान र बेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफूलाई ओरियन्सको नेटवर्किङ धन्दामा फँसाएको उनले बताइन् ।

उनले बिर्तामोडको ओरियन्सको शाखामा सुरुमा रु ३७ हजार र पटकपटक गरेर रु दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिइन्।

“तालिम दिने भनेर बिर्तामोडको बाहिरी बस्तीमा होस्टेलमा राखेर उनीहरूले बन्धक जस्तै बनाए,” ओरियन्सबाट पीडित फुलमायाले भन्नुभयो, “सुरुमै पैसा लगिहाले । होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्न समेत दिएनन् । तलब दिन्छौँ भनेर ठगे ।”

तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उनले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकले अरु दुई जना साथीलाई संस्थामा आबद्ध गराएपछि मासिक रु ४० हजार तलब दिने झुठो आश्वासनमा फँसाएको बताए। तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुबालाई समेत ओरियन्समा आबद्ध गराउनुभएको थियो । बहिनीले रु ४० हजार र हजुरबुबाले रु एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरूलाई बुझाएको उनले बताइन् ।

ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उनले सुनाइन् ।

युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दासमेत अलग्गै रकम बुझाएको उनले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की बेहोर्नुपरेको गुनासो सुनाइन् ।

पाँच महिनापछि फुत्किएर काठमाडौँ पुगेकी उनी पनि ओरियन्सविरुद्ध कानूनी उपचार खोज्ने तयारीमा छिन् ।

ओरियन्समा रु ४० हजार बुझाभएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकसँग तलब मागिन्। अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उनले फैसा फिर्ता मागिन्।

“तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाए”, उनी भन्छिन्, “चार महिना बस्दा उनीहरूले हामीलाई बन्धक जतिकै बनाएका थिए । होस्टल भन्दै एउटै कोठामा १५ जनासम्म कोचेर राख्थे । एउटै बिल्डिङको माथ्लो तलमा केटीहरूलाई र तल्लो तलामा केटाहरूलाई राख्थ्यो । घरमा फोन गर्दा पनि मोबाइल खोसिदिन्थे ।”

ओरियन्सको नेटवर्किङ बिजनेस धन्दामा लाखौँ रकम बुझाएर ठगीको शिकार भएका युवाहरू पाँच सयभन्दा बढी सङ्ख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका–४ की २० वर्षीया पीडित आशा राईले दाबी गरिन्।

अधिकांश पीडित पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थी रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उनको भनाइ छ ।

सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवालाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए तापनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको सङ्ख्या झन बढ्ने गरेको उनले बताइन्।

झापामा ओरियन्सका धन्दा चलाउनेले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाबाट रकम असुली गर्दै आएको पाइएको छ ।

नेटवर्किङ गरेर सदस्यको सङ्ख्या बढाउने र जागिरको लोभ देखाएर रु ४० हजारदेखि रु एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्दावालाले राजनीतिक संरक्षणसमेत पाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ ।

प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बिर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीलाई सोधपुछ गरिएको र उनीहरूको क्रियाकलाप निगरानी भइरहेको बताए। प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उनको भनाइ छ ।

हाल झापाको बिर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवा बसिरहेका छन् । छिटो उद्धार भएन भने उनीहरू पनि ठगिने निश्चित छ ।

गत माघ १४ गते बिर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो ।

भारत र दुबईमा बसेर नेटवर्किङ धन्दा चलाइरहेका विभिन्न व्यक्तिले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा झापाका सांसद र नगरपालिका प्रमुखसमेत अतिथिका रूपमा उपस्थित रहेका थिए ।

धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गरेको श्रमदान अभियानमा समेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवालाई पठाएको पाइएको छ ।

के हो ओरियन्स ?

भारतलगायत विभिन्न मुलुकमा ग्लोबल ओरियन्सको नेटवर्किङ धन्दा चल्दै आएको छ ।

ओरियन्सको नामबाट नेपालमा छुट्टै कम्पनी दर्ता छ ।

भारतमा उत्पादित ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बिक्रीका लागि युवा परिचालन गर्नु नै ओरियन्सको प्रमुख उद्देश्य हो ।

मासिकरूपमा अस्वाभाविक तलब दिने भनेर लोभ्याएपछि युवालाई तालिममार्फत धनी बन्ने तरिका सिकाउने भन्दै ओरियन्समा लाग्न ‘ब्रेन वास’ गरिन्छ ।

यसलाई उनीहरूले उत्प्रेरक र नेतृत्व विकास तालिम बताउने गरेका छन् ।

यसका लागि सञ्चालकले युवालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सहरको कोठा भाडामा लिन्छन् ।

जसलाई उनीहरू होस्टेल भन्छन् । होस्टलको खाने र बस्ने खर्च पनि सदस्य आफैँले तिर्नुपर्छ । विभिन्न तीन तहको सदस्य भन्दै उनीहरूसँग रकम लिने गरिन्छ र रकमभन्दा केही कम मूल्यको ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बेच्नका लागि भन्दै थमाइन्छ ।

यी सामान मिर्गौला, मुटु, क्यान्सरलगायत सबै रोगको औषधि हो भन्दै बेच्न लगाउने गरिएको छ ।

औषधि भन्दै ‘फुड सप्लिमेन्ट’का भारतीय सामान बेच्ने युवा डाक्टर जस्तै बनेर सामान बेच्ने प्रयासमा लाग्छन् ।

सामान नबिक्ने र पैसा पनि डुबेको थाहा पाएपछि अधिकांश युवा डिप्रेसनमा पर्ने गरेका छन् ।

सदस्य विस्तार गर्न सञ्चालकले उनीहरूलाई मानसिक दबाबसमेत दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?