Trending:

एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध पृथ्वी नजिक सर्ने प्रमुख क्षुद्रग्रहहरू: जोखिम, अनुसन्धान र अन्तरिक्ष मिशनको प्रगति इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान
अपडेट

ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको बिचल्ली, कानूनी उपचार खोजिँदै

ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको बिचल्ली, कानूनी उपचार खोजिँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२९ चैत, झापा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गरेकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन् ।

“तपाईं असाध्य राम्री हुनुहुँदोरहेछ, कमाइ पनि राम्रै हुन्छ भनेर त्यहाँका सर म्यामहरूले फुरुक्क पार्नुभयो”, पहिलोपल्ट ओरियन्सको कार्यालयमा पुग्दाको क्षण सम्झिँदै उनले भनिन्, “सुरुमा एक लाख ३० हजार बुझाउनुपर्छ भन्नुभयो, मैले खुरुक्कै बुझाएँ ।”

तालिम, युनिफर्म र होस्टेलको खर्च भनेर पटकपटक आफूले रकम बुझाएको र दुई महिना काम गर्दा कुनै तलब र आम्दानी नभएपछि पैसा डुबाएर घर फर्किएको उनले बताइन्। अहिले उनी आफ्नो पैसा फिर्ताका लागि कानूनी उपचार खोज्ने तयारीमा छिन् ।

जागिरको प्रलोभनमा परेर ग्लोबल ओरियन्स नेपालमा मोटो रकम बुझाएका प्रतिमाजस्तै कोशी प्रदेशका सयौँ युवाले ठगिएको गुनासो गरेका छन् ।

बिर्तामोड–४ स्थित विद्युत् प्राधिकरण कार्यालयको छेउमा रहेको ओरियन्सको शाखा कार्यालयले झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङलगायत विभिन्न पहाडी जिल्लाका बेरोजगार युवालाई जागिरको प्रलोभनमा पारेर अनुचित रकम असुल्दै आएको पीडितको भनाइ छ ।

नेटवर्किङ व्यापार चलाइरहेका ओरियन्सका सञ्चालकले फेसबुक र मा विज्ञापन गरी मासिक रु ४० हजारसम्म तलब दिने भनेर बेरोजगार युवालाई बिर्तामोड बोलाउने गरेका छन् ।

दर्ता शुल्क, तालिम शुल्क, होस्टेल शुल्क र युनिफर्म शुल्कको नाममा हजारौँ रकम असुलेपछि भारतको ओरियन्स कम्पनीका ‘फुड सप्लिमेन्ट’का सामानहरू उनीहरूलाई जबर्जस्ती भिडाएर बिक्री गर्न पठाउने गरिएको छ ।

जबर्जस्ती भिडाइएको सामान बिक्री नहुने र ऋण काढेर बुझाएको रकम सञ्चालकले हत्याउने गरेका कारण ओरियन्समा आबद्ध भएका युवा बिचल्लीमा पर्ने गरेका छन् । ठगिएका धेरैजसो ‘डिप्रेसन’ मा पर्ने गरेका छन् ।

धनकुटामै कोरियाली भाषा पढ्दै गरेकी तेह्रथुम जिल्ला छथर गाउँपालिका–६ शुक्रबारेकी फुलमाया शेर्पा पाँच महिनासम्म ओरियन्समा बन्धकजस्तै सास्ती भोगेपछि फुत्किएर अहिले काठमाडौँ पुगेकी छन् ।

धनकुटाको एउटा भाइले बिहान र बेलुका काम गरेर सजिलै पैसा कमाउन सकिन्छ भनेर लोभ देखाएर आफूलाई ओरियन्सको नेटवर्किङ धन्दामा फँसाएको उनले बताइन् ।

उनले बिर्तामोडको ओरियन्सको शाखामा सुरुमा रु ३७ हजार र पटकपटक गरेर रु दुई लाखभन्दा बढी रकम बुझाएको जानकारी दिइन्।

“तालिम दिने भनेर बिर्तामोडको बाहिरी बस्तीमा होस्टेलमा राखेर उनीहरूले बन्धक जस्तै बनाए,” ओरियन्सबाट पीडित फुलमायाले भन्नुभयो, “सुरुमै पैसा लगिहाले । होस्टेलमा राखेका बेला घरमा अभिभावकलाई फोन गर्न समेत दिएनन् । तलब दिन्छौँ भनेर ठगे ।”

तालिम दिएपछि सामान बेच्न पठाएको उल्लेख गर्दै उनले सामान नबिकेको गुनासो सुनाउँदा ओरियन्सका सञ्चालकले अरु दुई जना साथीलाई संस्थामा आबद्ध गराएपछि मासिक रु ४० हजार तलब दिने झुठो आश्वासनमा फँसाएको बताए। तलब पाइने आशमा फुलमायाले आफ्नै बहिनी र हजुरबुबालाई समेत ओरियन्समा आबद्ध गराउनुभएको थियो । बहिनीले रु ४० हजार र हजुरबुबाले रु एक लाख २० हजार नगद संस्थाका सञ्चालकहरूलाई बुझाएको उनले बताइन् ।

ती सबै रकम बुझाएको महिना बित्दा पनि कुनै तलब नपाएपछि ठगी भएको बल्ल थाहा पाएको उनले सुनाइन् ।

युनिफर्मका लागि कोट, पाइन्ट र सर्ट किन्दासमेत अलग्गै रकम बुझाएको उनले आफ्नो सम्पूर्ण रकम फिर्ता माग्दा उल्टै हप्की र धम्की बेहोर्नुपरेको गुनासो सुनाइन् ।

पाँच महिनापछि फुत्किएर काठमाडौँ पुगेकी उनी पनि ओरियन्सविरुद्ध कानूनी उपचार खोज्ने तयारीमा छिन् ।

ओरियन्समा रु ४० हजार बुझाभएकी इलामस्थित माइजोगमाई–३ नामसालिङकी रामकला श्रेष्ठले चार महिना काम गरेपछि सञ्चालकसँग तलब मागिन्। अरु दुई जनालाई संस्थामा नजोडेसम्म तलब नदिने भनेपछि उनले फैसा फिर्ता मागिन्।

“तलब पनि हुँदैन, पैसा फिर्ता पनि हुँदैन भनेर मलाई हप्काएर पठाए”, उनी भन्छिन्, “चार महिना बस्दा उनीहरूले हामीलाई बन्धक जतिकै बनाएका थिए । होस्टल भन्दै एउटै कोठामा १५ जनासम्म कोचेर राख्थे । एउटै बिल्डिङको माथ्लो तलमा केटीहरूलाई र तल्लो तलामा केटाहरूलाई राख्थ्यो । घरमा फोन गर्दा पनि मोबाइल खोसिदिन्थे ।”

ओरियन्सको नेटवर्किङ बिजनेस धन्दामा लाखौँ रकम बुझाएर ठगीको शिकार भएका युवाहरू पाँच सयभन्दा बढी सङ्ख्यामा रहेको खोटाङको बाक्सिला गाउँपालिका–४ की २० वर्षीया पीडित आशा राईले दाबी गरिन्।

अधिकांश पीडित पहाडतिरका बेरोजगार अवस्थामा रहेका सोझा विद्यार्थी रहेको र बाबुआमासँग जिरह गरेर ऋण काढेको रकम ओरियन्समा लगेर डुबाएको उनको भनाइ छ ।

सुरुमा जागिर पाइने भनेर उत्साही बन्ने गरेका युवालाई दुई महिनापछि नै ठगिएको थाहा हुने भए तापनि आफ्नो लगानीको सुरक्षाका लागि अरु दुई जना सदस्य खोजेर लैजाँदा पीडित हुनेको सङ्ख्या झन बढ्ने गरेको उनले बताइन्।

झापामा ओरियन्सका धन्दा चलाउनेले भिजन मल्टीपर्पोज कम्पनीको नाममा समेत युवाबाट रकम असुली गर्दै आएको पाइएको छ ।

नेटवर्किङ गरेर सदस्यको सङ्ख्या बढाउने र जागिरको लोभ देखाएर रु ४० हजारदेखि रु एक लाख २० हजारसम्म रकम असुली गर्ने यी धन्दावालाले राजनीतिक संरक्षणसमेत पाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट रोजगारीको प्रलोभनमा रकम बुझाएर ठगीमा परेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले ओरियन्सका गतिविधि निगरानी गर्न थालेको छ ।

प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बिर्तामोडमा रहेका ओरियन्सका कार्यालयका केही कर्मचारीलाई सोधपुछ गरिएको र उनीहरूको क्रियाकलाप निगरानी भइरहेको बताए। प्रहरी कार्यालयमा पीडितले अहिलेसम्म लिखित उजुरी भने नदिएको उनको भनाइ छ ।

हाल झापाको बिर्तामोडमा रहेका ओरियन्सको कार्यालयले सञ्चालनमा ल्याएका तालिम केन्द्र र कथित होस्टलमा पाँच सयको हाराहारीमा विभिन्न जिल्लाका युवा बसिरहेका छन् । छिटो उद्धार भएन भने उनीहरू पनि ठगिने निश्चित छ ।

गत माघ १४ गते बिर्तामोडको हिमालसागर पार्टी प्यालेसमा ग्लोबल ओरियन्स नेपालले आफ्ना हजारभन्दा बढी सदस्यलाई तालिम सञ्चालन गरेको थियो ।

भारत र दुबईमा बसेर नेटवर्किङ धन्दा चलाइरहेका विभिन्न व्यक्तिले उक्त कार्यक्रममा प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा झापाका सांसद र नगरपालिका प्रमुखसमेत अतिथिका रूपमा उपस्थित रहेका थिए ।

धरानका नगरप्रमुख हर्क साम्पाङले खानेपानी आयोजनाका लागि सञ्चालन गरेको श्रमदान अभियानमा समेत श्रमदान गर्न ग्लोबल ओरियन्सले युवालाई पठाएको पाइएको छ ।

के हो ओरियन्स ?

भारतलगायत विभिन्न मुलुकमा ग्लोबल ओरियन्सको नेटवर्किङ धन्दा चल्दै आएको छ ।

ओरियन्सको नामबाट नेपालमा छुट्टै कम्पनी दर्ता छ ।

भारतमा उत्पादित ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बिक्रीका लागि युवा परिचालन गर्नु नै ओरियन्सको प्रमुख उद्देश्य हो ।

मासिकरूपमा अस्वाभाविक तलब दिने भनेर लोभ्याएपछि युवालाई तालिममार्फत धनी बन्ने तरिका सिकाउने भन्दै ओरियन्समा लाग्न ‘ब्रेन वास’ गरिन्छ ।

यसलाई उनीहरूले उत्प्रेरक र नेतृत्व विकास तालिम बताउने गरेका छन् ।

यसका लागि सञ्चालकले युवालाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सहरको कोठा भाडामा लिन्छन् ।

जसलाई उनीहरू होस्टेल भन्छन् । होस्टलको खाने र बस्ने खर्च पनि सदस्य आफैँले तिर्नुपर्छ । विभिन्न तीन तहको सदस्य भन्दै उनीहरूसँग रकम लिने गरिन्छ र रकमभन्दा केही कम मूल्यको ‘फुड सप्लिमेन्ट’का विभिन्न सामान बेच्नका लागि भन्दै थमाइन्छ ।

यी सामान मिर्गौला, मुटु, क्यान्सरलगायत सबै रोगको औषधि हो भन्दै बेच्न लगाउने गरिएको छ ।

औषधि भन्दै ‘फुड सप्लिमेन्ट’का भारतीय सामान बेच्ने युवा डाक्टर जस्तै बनेर सामान बेच्ने प्रयासमा लाग्छन् ।

सामान नबिक्ने र पैसा पनि डुबेको थाहा पाएपछि अधिकांश युवा डिप्रेसनमा पर्ने गरेका छन् ।

सदस्य विस्तार गर्न सञ्चालकले उनीहरूलाई मानसिक दबाबसमेत दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?