Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३ वैशाख, काठमाडाैँ । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन्।

राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन्। नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट)को मान्यता नदिँदा समस्या भएको हो। सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्स र फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्नेबारे प्रश्न उब्जाएको छ।

भारत सरकारले नेपालीको आधिकारिक पहिचान पत्रका रूपमा नागरिकता र राहदानीलाई मात्रै मान्यता दिँदै आएको भन्दै उनको परिचयपत्र अस्वीकार गरिएको हो। निगमका कर्मचारीले परिचयपत्र अस्वीकार गरेपछि उहाँले नागरिकताको प्रमाणपत्र मगाएर त्यसैका आधारमा आफू उडेर बैङ्लुरु पुगेको बताए। अर्यालले नागरिकतामा भएका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले ल्याइएको कार्डलाई सर्वेसर्वा बनाइए पनि ट्राभल डकुमेन्टको मान्यता नदिइएकोमा आश्चर्य लागेको बताए।

“विद्युतीय शासन प्रणाली अवलम्बनमा अग्रणी मानिने वैयक्तिक र जैविक विवरणसहितको स्मार्ट कार्डले नै व्यक्तिको पहिचान एवं सेवा सुविधाको आधार कार्डका रूपमा आधिकारिकता नपाएको” भन्दै उनले राष्ट्रिय परिचयपत्रको अवधारणामै प्रश्न उठाए।

उनले भने, “निर्धारित समयमा भद्रपुर विमानस्थलबाट उडान सेवा नपाएपछि स्थलमार्गबाट दिउँसो १:४५ को उडानबाट भारत जान हतारमा काठमाडौँ विमानस्थल पुगेँ। साथमा राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र र संसदीय परिचयपत्र हुँदा पनि निगमका कर्मचारीले नागरिकता वा पासपोर्टबिना जान नमिल्ने भन्दै रोके।” नागरिकता वा पासपोर्टबिना भारत जान नपाइने नियम आफूलाई थाहा नभएको जनाउँदै उनले उक्त जानकारीबारे निगमले कुनै पनि सूचना जारी नगरेको र सर्वसाधारणले कति सास्ती भोग्लान् भन्ने प्रश्न गरे। सांसद अर्यालले आफूलाई निगमका कर्मचारीले नागरिकता वा राहदानी नबोकी भारत जाँदा त्यहाँको अध्यागमनले एक लाख रुपियाँसम्म जरिवाना तोक्न सक्ने बताएको उनले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले राष्ट्रिय परिचयपत्रलाई देशभित्र पहिचान पत्रको आधिकारिकता दिए पनि अन्तर्राष्ट्रियको हकमा भने सरकारले पूर्ण मान्यता लागू गर्न नसकेको बताए।

उनले भने, “विभागले राष्ट्रिय परिचयपत्रको हकमा एक करोड १६ लाख नागरिकलाई दर्ता नम्बर प्रदान गरे पनि एक लाख ३३ हजार नागरिकलाई मात्रै कार्ड वितरण गरेको छ। सबै नागरिकको हातमा राष्ट्रिय परिचयपत्र पुगिनसकेकाले सरकारले यसलाई अन्तर्राष्ट्रिय आधिकारिकता नदिएको हुन सक्छ।”

निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता वा राहदानी नै अनिवार्य भएको भन्दै त्यसैअनुसार विमानस्थलमा काम हुने स्पष्ट पारे। – गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?