१९ जेष्ठ २०८०, शुक्रबार

विद्युत महसुल नतिरेपछि काटियो रोल्पा सिमेन्टको लाइन



४ वैशाख, रोल्पा । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । “पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ”, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने ।

सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले