Trending:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द iOS 17 मा फोटोलाई स्टिकरमा कसरी बदल्ने स्मार्टफोन ब्राण्ड रियलमीको फ्यान फेस्ट हुदैँ विज्ञान र गणितका शिक्षक अभाव राससको श्रव्यदृश्य अब एफटीपी प्रणालीबाट नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य सेयर धितो कर्जामा १२ करोडको सीमा हट्दै Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प अमेरिकाद्वारा संविधान दिवसको शुभकामना प्रेस युनियनद्वारा परामर्श समिति गठन चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु आईफोन १५ सार्वजनिक : कति पर्छ मूल्य, के-के छन् विशेषताहरू ? iPhone 15, Apple Watch, USB-C कनेक्टर घोषणा, हेर्नुहोस् Apple Event 2023 (LIVE) भियतनाम एयरलाइन्स र बोइङबीच करिब आठ अर्ब डलरको सम्झौता डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संविधान दिवसको दिनदेखि सञ्चालनमा आउने राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो मुगु खुल्यो नेपाल–भारत क्युआर भुक्तानीको बाटो ‘मोबाइल एप्स’मार्फत कृषि परामर्श लिँदै चितवनका किसान नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग हिमालय एयरलाइन्सले सुरू गर्यो चीनको छिङदाओमा उडान नवलपुरमा सवारीसाधन स्क्यानर राखिने नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू एमसिसी अन्तर्गत प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान इन्स्टाग्राममा देखिएको विज्ञापनको भर पर्दा ३४ लाख चट्… त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू, अधिकांश काम अनलाइनबाटै हुने हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
अपडेट

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

७ बैशाख २०८०, बिहीबार ०८:०१
७ बैशाख २०८०, बिहीबार ०८:०१

७ वैशाख, काठमाडाैँ । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छन् । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिएकी छन् ।

विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्याएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक श्री यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि श्री वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार श्री शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल (विसं २०७१, वरिष्ठ सङ्गीतकार श्री अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा डा तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी विसं २०५७, साहित्यकार श्री विनय रावल विसं २०५८, नाटककार श्री अशेष मल्ल विसं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार श्री मञ्जुल विसं २०६१, कथाकार श्री मधुवन पौडेल विसं २०६२, कवि श्री विष्णुविभु घिमिरे विसं २०६३, कवि श्री कृष्णभूषण बल विसं २०६४, कथाकार श्री भुवन ढुङ्गाना विसं २०६५, कथाकार श्री सनत रेग्मी विसं २०६६, कवि श्री विजय बजिमय विसं २०६७, समालोचक डा रामदयाल राकेश विसं २०६८, कथाकार डा वेञ्जु शर्मा विसं २०६९, चित्रकार श्री किरण मानन्धर विसं २०७०, कलाकार श्री नीर शाह विसं २०७१, गायक श्री दीप श्रेष्ठ विसं २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली विसं २०७४ गायक श्री भक्तराज आचार्य विसं २०७५, कलाकार श्री हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त (विसं २०७७, गायिका श्रीमती मीरा राणा विसं २०७८ र कलाकार श्री थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?