१९ जेष्ठ २०८०, शुक्रबार

उड्यो प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्टको ब्लु टिक !



८ वैशाख, काठमाडाैँ । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भेरिफाइड अकाउन्टको ब्लु टिक हटाएको छ । ट्विटरले तोकेको शुल्क नतिर्ने ट्विटर ह्याण्डलका ब्लु टिक हटाइएको हो ।

बिहीबार हजारौं खाताहरूबाट एक पटक प्रतिष्ठित नीलो चेक प्रमाणीकरण हटाउन थालेपछि विश्वभरका चर्चित व्यक्तिहरूको ब्लु टिक हराएको हो ।

ट्विटरका मालिका एलन मस्कले सोशल मिडिया कम्पनीलाई नाफामा लैजानका लागि ब्लु टिक भेरिफिकेशनको शुल्क उठाउन सुरू गर्न लागेका हन् ।

बिहीबारबाट नेपालका पनि चर्चित व्यक्तिहरू सहित प्रधानमन्त्री कार्यालय, हेलो सरकार लगायत सरकारी ह्याण्डलको ब्लु टिक उडेको छ ।

त्यस्तै, भारतका पनि अमिताभ बच्चन, ममता बेनर्जी, राहुल गान्धी, योगी आदित्यनाथ लगायत नेता तथा अभिनेताको ट्विटर ह्याण्डलबाट ब्लु टिक उडेको छ ।

ट्विटर लगायत अन्य सामाजिक सञ्जालमा ब्लु टिकले कुनै पनि व्यक्ति वा संस्थाको भेरिफाइड अकान्ट भन्ने बुझाउँछ । ट्विटरले ब्लु टिक लिनका लागि मासिक ८ डलर शुल्क तोकेको छ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले