Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

एमसिए–नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित

एमसिए–नेपालको प्रसारण लाइनले नुवाकोटमा ५० बस्ती प्रभावित
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१० वैशाख, काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)मार्फत काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे हुँदै हेटौँडा र तनहुँतर्फ लैजाने प्रसारण लाइन विस्तारले प्रभावित बन्ने बस्तीको प्रारम्भिक सूची प्रकाशित भएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मार्फत निर्माण गर्न लागिएको प्रसारण लाइनका लागि गाड्नुपर्ने खम्बा र विस्तार गरिने तारको दायाँबायाँतर्फ प्रभावित बनाउने बस्तीको प्रारम्भिक सूची प्रकाशन गरिएको ‘प्रारम्भिक कारबाही अधिकृत’ हरिकृष्ण उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अमेरिकी सहयोग अनुदानअन्तर्गतको एमसिसीमार्फत निर्माण गर्न लागिएको आयोजनाको नेपालको सरकारी निकाय एमसिए–नेपालमार्फत प्रसारण लाइन निर्माणको क्रममा प्रभावित हुने बस्तीको विवरण सार्वजनिक गरिरएको हो । प्रकाशित सूचीअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाका १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने उल्लेख छ ।

‘काठमाडौँको लप्सेफेदीबाट नुवाकोटको रातमाटे ९बेलकोटगढी–७० सम्म चार सय केभी डबल सर्किटको प्रसारण ल्याइनका क्रममा निर्माण गरिने खम्बा र प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा प्रभावित बनाउने प्रारम्भिक बस्तीको विवरण सार्वजनिक गरिएको हो ।’

प्रारम्भिक कारबाही अधिकृत उप्रेतीले भने ‘रातमाटे (सबस्टेशन)बाट एक लाइन नुवाकोटको कोल्पुटार ९बेलकोटगढी–५० हुँदै हेटौँडातर्फ र अर्को लाइन नुवाकोटको तारुका ९तारकेश्वर–२० हुँदै धादिङबाट तनहुँ पु¥याएर त्यहाँबाट बुटवल लैजान प्रसारण लाइन निर्माण गर्न लागिएको छ ।’

प्रसारण लाइन विस्तारका क्रममा आवश्यक पर्ने जग्गाको जग्गाधनीलाई खम्बा गाड्ने ठाउँको मुआब्जा र प्रसारण लाइनको दायाँबायाँ २३–२३ मिटर दूरीसम्म क्षतिपूर्ति दिनका लागि प्रभावित हुने बस्तीको सूची सार्वजनिक गरेर सर्वेक्षण सुरु गर्न लागिएको एमसिए–नेपालका कार्यकारी निर्देशक खङ्गबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा करिब ५३ किमी प्रसारण लाइन निर्माणका क्रममा एक सय ४७ वटा टावर गाड्नुपर्ने देखिएको छ । उक्त क्रममा जिल्लाको पाँच पालिकाको १८ वडाका ५० वटा बस्ती प्रत्यक्ष प्रभावित हुने देखिएको हो ।

‘प्रभावित पालिकाको वडा र बस्ती किटान गरेर प्रारम्भिक सूची प्रकाशन भएसँगै अब निजी स्वामित्वको जग्गा सर्भे सुरु गर्न लागिएको छ’, कार्यकारी निर्देशक विष्टले भने, ‘सर्भेका लागि खटिएका प्राविधिक कर्मचारीलाई सहयोग पु¥याएर समयमा नै कार्य सम्पन्न गर्नका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ ।’

उक्त आयोजनाअन्तर्गत सबस्टेशन निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्रभावित हुने बासिन्दाका लागि एमसिए–नेपालले बेवास्ता गरेको भन्दै यहाँका स्थानीय तह र प्रभावित बासिन्दा भने असन्तुष्ट छन् । सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा खरिदको काम पूरा भइसकेको छ भने प्रसारण लाइन विस्तारका क्रममा खम्बा गाड्न चाहिने जग्गा खरिद र तार विस्तारबाट प्रभावित हुने क्षेत्रमा दिइने क्षतिपूर्ति निर्धारण बैठकलाई पालिकाहरूले बहिष्कार गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?