Trending:

नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित काठमाडौंको ठुलोभर्‍याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन आईटी प्लाजामा ८० प्रतिशत छुट र लक्की ड्र जित्ने मौका: महोत्सवको शुरुवात नेपाल टेलिकमको आग्रह: आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्नुस् डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, अन्तर्राष्ट्रिय सेवा विस्तारको तयारी काठमाडौंमा युबुकन एसिया २०२५ आयोजना हुने मे महिनादेखि स्काइप बन्द टेलिकमको फोरजी संजालले छोयो गुराँस गाउँपालिकाको डाँडाकाँडा डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा पठाएको दक्षिण कोरियाको आरोप ‘डिजिटल कर्णाली’ अभियानलाई प्राथमिकता, विद्यालयमा डिजिटल शिक्षा सुरु हुने तयारी एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी भिभो वाई २९ नेपालमा सार्वजनिक चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु बीवाईडी ईभीमा अब गाडीसमेत १० वर्षको वारेन्टी क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव १०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल २० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी फेसबुकबाट पैसा कमाउने ७ प्रभावकारी तरिका: सुरु गर्ने सजिलो उपायहरू बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक गर्‍यो मेटाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘एलएलएम’ पहिलो मोबाइल कलको ऐतिहासिक क्षण: ५२ वर्षअघि आजैका दिन गरिएको थियो पहिलो कल फोनपेको ऐतिहासिक कीर्तिमान: एकै दिन २.६२ अर्ब रुपैयाँ कारोबार भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्ट बन्द, मेटाद्वारा अहिलेसम्मकै कडा कारबाही व्हाट्सएप स्टेटसमा सजिलै गीत राख्ने तरीका, नयाँ सुविधा आयो!
World News

ज्याक माले हङकङको प्रतिष्ठित विश्वविद्यालयमा पढाउने

ज्याक माले हङकङको प्रतिष्ठित विश्वविद्यालयमा पढाउने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१० वैशाख, एजेन्सी । विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ ।

दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको कारबाहीपछि चीनमा सार्वजनिक रूपमा देखा परेको केही हप्तापछि यो नियुक्ति भएको हो ।माले सन् २०२० को अन्त्यदेखि नै आफुलाई कम्पनीको न्यून भूमिकामा राखेका थिए । उनले चिनियाँ नियामकहरूलाई आक्रमण गर्ने आक्रोसपूर्ण भनाइहरूपछि अलिबाबा सम्बद्ध एन्ट ग्रुपको आईपीओमा योजनाबद्ध रूपमा लगाम लागेको थियो ।

अलिबाबालाई अनुचित व्यापारिक अभ्यास गरेको आरोपमा दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरिएको थियो । युनिभर्सिटी अफ हङकङले शुक्रबार माले आफ्नो ‘बिजनेस स्कुल’बाट मानार्थ प्राध्यापकको पद स्वीकार गरेको जनाएको छ ।

संस्थाका एक प्रवक्ताले मालाई ‘व्यावसायिक नवीनता र विकासमा उनको समृद्ध ज्ञान र अनुभव’ साझेदारी गर्न स्वागत गरेको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको प्राध्यापनको अवधि मार्च २०२६ सम्मका लागि तोकिएको छ । विभागकोे वेबसाइटमा माको नाम समावेश छ यसले ‘व्यवस्थापन र रणनीति’ मा उनको विशेषज्ञतालाई महत्वपूर्णरूपमा लिएको देखिन्छ ।

सन् २०१८ मा सोही विश्वविद्यालयले मालाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । अलिबाबाको पूर्ण स्वामित्वमा रहेको हङकङस्थित अङ्ग्रेजी भाषाको अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार माको ‘सार्वजनिक व्याख्यान वा भाषण’को कुनै योजना छैन ।

अर्बपतिले सन् २०१४ मा स्थापना गरेको परोपकारी संस्था ज्याक मा फाउन्डेसनले द पोस्टलाई भनेको छ, “शिक्षाको दुनियाँबाट केही समयको अन्तरालपछि मा क्याम्पसको जीवनमा फर्कन आतुर हुनुहुन्छ ।”

अलीबाबा सुरु गर्नुअघि माले पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझोउ दियान्जी विश्वविद्यालयमा आठ वर्षसम्म अङ्ग्रेजी बिषय पढाएका थिए ।

उनले सन् २०१५ मा झेजियाङमा उद्यमशीलताका लागि एक केन्द्रको स्थापना गरेका थिए । उक्त संस्थालाई सुरुमा हुपान विश्वविद्यालय भनिन्थ्यो तर सन् २०२१ मा चिनियाँ अधिकारीहरूसँग माको विवादका बीच यसको नामबाट ‘विश्वविद्यालय’ शब्द हटाइएको थियो ।

मा विगत दुई वर्षदेखि स्पेनको मालोर्का टापुलगायत विश्वका विभिन्न स्थानमा बिताएका थिए । उनले सन् २०२२ को अधिकांश समय जापानमा बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?