Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

नेपालको आकाशमा ठूलो दुर्घटनाबाट जोगियो फ्लाई दुबईको जहाज

नेपालको आकाशमा ठूलो दुर्घटनाबाट जोगियो फ्लाई दुबईको जहाज
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१२ वैशाख, काठमाडाैँ । त्रिभुवन विमास्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ।

सात जना चालक दलका सदस्यसहित १७५ जना यात्रु बोकेर सोमबार राति ९:२० मा त्रिभुवन विमानस्थलबाट उडान भरेको केहीबेरमै पाइलटले जहाजको दायाँ इन्जिनमा समस्या आएको विमानस्थल टावरलाई जानकारी गराएका थिए। सामाजिक सञ्जालमा जहाजको इन्जिनमा आगो लागेको तस्बिरसहित काठमाडौँ र ललितपुरका केही ठाउँमा ठूलो आवाजमा पड्केकोलगायतका खबर छाएपछि काठमाडौँमा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो।

विमानस्थल कार्यालयका अनुसार सुरुमा पाइलटले इन्जिनमा समस्या आएको जानकारी गराएपछि आपत्कालीन अवतरणका लागि विमानस्थल खाली गराइएको थियो। विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षादस्ता तयारी अवस्थामा राखिएको थियो। उक्त समयमा विभिन्न गन्तव्यबाट आएका एयर अरेबिया, मलेसियन एयर, सिङ्गापुर एयर, बुद्ध एयरलगायत सातवटा जहाजलाई सिमराको आकाशमै होल्ड गराइएको थियो। आधा घण्टा काठमाडौँको आकाशमा फन्को मारेको उक्त जहाज पछि सबै प्यारामिटर नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेपछि ९:५० बजे विमानस्थल पुनः सञ्चालनमा ल्याएर अन्य जहाजलाई अवतरण गराइएको थियो।

घटनालगत्तै फ्लाई दुबईको आधिकारिक ट्विटरमा ट्विट गर्दै फ्लाई दुबईका प्रवक्ताले जहाजमा चरा ठोक्किएको बताएका छन्। उनले जहाजमा लाटोकोसेरो ठोक्किएको अनुमान गर्दै एक इन्जिनको सहायताले गन्तव्यतर्फ उडान भरेको उल्लेख गरेका छन्। “काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भरेको केही समयमै चरा ठोक्कियो। विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ आइरहेको छ,” सार्वजनिक ट्विटमा फ्लाई दुबईका प्रवक्ताले उल्लेख गरेका छन्।

जहाज सुरक्षित अवस्थामा रहेको जानकारी दिँदै उहाँले दुबईको स्थानीय समयअनुसार १२:१४ मा अवतरण गर्ने तयारीमा रहेको जनाएका छन्। जहाजको इन्जिनमा आगलागी भएको खबर सार्वजनिक भएसँगै देश–विदेशबाट फ्लाइट राडारमा करिब ७० हजार व्यक्तिले उक्त जहाजलाई फलो गरिरहेका थिए।

यता विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले ‘जहाजको इन्जिनमा फ्युल पास हुँदा स्पार्क भएर आगो देखिएको र इन्जिनमा कुनै समस्या नदेखिएपछि चालक दलले इन्जिनमा कुनै समस्या नरहेको’ भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन्।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ गएको भन्दै चिन्ता नगर्न अनुरोध गरेका थिए। जहाजलाई सकुशल अवतरण गराउन प्राधिकरण महानिर्देशकसहित विमानस्थलका कर्मचारी सोमबार साँझ विमानस्थलमा भेला भएका थिए। जहाजमा १२० जना नेपाली यात्रु सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?