१२ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख सहरी क्षेत्रमा तार व्यवस्थापन गर्न इन्टनेट सेवा प्रदायकहरुलाई आग्रह गरेकी छन् ।
इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)का पदाधिकारीसँगको छलफलमा उनले सो आग्रह गरेकी हुन् ।
यसको सुरुवात काठमाडौं उपत्यकाबाटै गर्न पनि उनले आग्रह गरिन् । ‘‘तपाइँहरुले सिंहदरवार, ठमेल, टोखा, ललितपुर लगायतका केही स्थानमा सुरुवात पनि गर्नुभएको छ ।’ उनले भनिन्–‘‘चाहे संभव हुँदो रहेछ भन्ने पनि देखाउनुभएको छ । अब अन्य प्रमुख क्षेत्रमा नमूनाकै रुपमा भए पनि तार व्यवस्थापन गरेर सहरी सौन्दर्यकरणमा सहयोग गर्नुहोस् ।’’