Trending:

ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो सरकारी वेबसाइटहरू ठप्प, सेवाग्राही हैरान इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर तीन दिन नचलाए फोन आफैं रिस्टार्ट हुन्छ: गुगलको नयाँ सुरक्षा फिचर डिजिटल अपराधको नयाँ शैली: राहुल बुढाद्वारा चार हजार इसेवा अकाउन्ट ह्याक जुकरबर्गको घोषणा: फेसबुक सामाजिक सञ्जाल होइन, एआई मनोरञ्जन प्लेटफर्म हो स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच नयाँ रणनीतिक सहकार्यको शुरु बीवाईडी ईभीमा अब गाडीसमेत १० वर्षको वारेन्टी क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने त्रिविमा प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिने सकिने अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव १०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल २० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी फेसबुकबाट पैसा कमाउने ७ प्रभावकारी तरिका: सुरु गर्ने सजिलो उपायहरू बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक गर्‍यो मेटाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘एलएलएम’ पहिलो मोबाइल कलको ऐतिहासिक क्षण: ५२ वर्षअघि आजैका दिन गरिएको थियो पहिलो कल फोनपेको ऐतिहासिक कीर्तिमान: एकै दिन २.६२ अर्ब रुपैयाँ कारोबार भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्ट बन्द, मेटाद्वारा अहिलेसम्मकै कडा कारबाही व्हाट्सएप स्टेटसमा सजिलै गीत राख्ने तरीका, नयाँ सुविधा आयो! वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य हासिल गर्न सहजीकरण आवश्यक : सञ्चारमन्त्री गुरुङ एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार भिभो एप्पललाई चुनौती दिन नयाँ रणनीतिसहित तयारीमा नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन नेपालमा हुन्डाई क्रेटा ईभी र स्थानिय उत्पादन क्रेटा आईस सार्वजनिक नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट
अपडेट

तिलोत्तमाको सडकमा ‘फ्रि वाइफाई’ जडान, टिकटक भने चलाउन नमिल्ने

तिलोत्तमाको सडकमा ‘फ्रि वाइफाई’ जडान, टिकटक भने चलाउन नमिल्ने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ वैशाख, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सूचना राजमार्ग’ को अवधारणा अगाडि सारिएको छ । नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगीकुटीदेखि कटैयासम्म फ्री वाइफाई जडान गरिएको हो ।

जनतालाई प्रविधिमैत्री बनाउन र सहजताका लागि बुटवल बेलहीया सिक्सलेन व्यापारी मार्गको तिलोत्तमा क्षेत्रमा फ्री वाइफाई जडान गरेर शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तर्गत फ्री वाइफाई सेवाको सोमबार मणिग्राम चोकमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।

सेवाको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिका लागि यो कार्यक्रम शुभारम्भ गरिएको बताए ।

उनले भने, ‘नगरलाई प्रविधिमैत्री बनाउन, नगरका १७ वटै वडामा पनि यसलाई बिस्तार गरिनेछ, हाइवे क्षेत्रमा हिँड्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यसले राहत दिनेछ, यसले राम्रो प्रभाव पार्नेछ ।’ नगरपालिका भित्रका व्यवसायहरू के–के छन्, त्यसको सबै विवरण र तिलोत्तमाको सबै विवरण जेठ मसान्तभित्र वाइफाई खोलेपछि सहजै हेर्न सक्ने व्यवस्था समेत मिलाइने उनको भनाइ छ ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले यहाँका स्थानीयलाई निकै महत्त्वपूर्ण काम गर्न सहज हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको बताइन् । यो सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाइदा पुग्ने विश्वास व्यक्त गरिन् । योगी कुटिदेखि कोटीहवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइस जडान गरिएको नगरपालिका सूचना प्रविधि उपशाखा प्रमुख सुदिप ढकालको भनाइ छ । करिब ८५ लाख खर्चमा वाइफाई जडान गरिएको छ ।

यसले एक ठाउँमा लगइन गरेपछि १३ किलोमिटरभित्र दूरीमा राखिएका विभिन्न डिभाइसबाट सहजै काम गर्ने उनको भनाइ छ । एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहे तापनि तत्कालका लागि १०० वटा डिभाइस कनेक्ट हुने र र ब्यान्ड गरिएका केही वेभ पोर्टल भने चलाउन नमिल्ने सूचना प्रविधि उपशाखाका मोहन न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?