Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

इविद्याको सुविधा : ‘तयारी अब घरै बसी बसी’

इविद्याको सुविधा : ‘तयारी अब घरै बसी बसी’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ वैशाख, काठमाडाैँ । बिहानै आँखा मिच्दै ट्युसन हिँड्नुपर्ने, गाडीमा कोचाकोच हुनुपर्ने र कक्षा कोठामा ठेलमठेल गरेर तयारी कक्षामा सहभागी हुनुपर्ने दिनहरु अब अन्त्य हुने भएको छ ।

इविद्या डटकमले घरमै बसेर आफूलाई उपयुक्त समयमा अध्ययन गर्ने व्यवस्था मिलाएपछि पुरानो झन्झटिलो प्रक्रियाको अन्त्य हुने भएको हो । जसले गर्दा समयको वचत मात्र होइन, सजिलो माध्यमबाट गुणस्तरीय सिकाइ हुने र उत्कृष्ट नतिजा प्राप्त हुने इविद्या डटकमको दाबी छ ।

नयाँ वर्षको अवसरमा वैशाख महिनाभरिलाई एसइइ परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क ब्रिज कोर्ष, कक्षा ११ र १२ को लागि अङ्ग्रेजी र एकाउन्टको भिडियो कक्षा पनि निःशुल्क राखिएको छ । त्यसैगरी भाषा परीक्षाको तयारीको लागि जापानी र कोरियन भाषा कक्षा पनि निःशुल्क राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले मोबाइल एप सञ्चालनमा ल्याएको छ । आफ्नो मोबाइलमा एप डाउनलोड गरी आफूलाई आवश्यक परेको कोर्ष निःशुल्क वा खरिद गरी अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ ।

त्यस्तै कम्पनीको वेबसाइटबाट पनि आफ्नो नाम रजिष्ट्रेसन गरेर आफूलाई आवश्यक परेको कोर्ष पढ्न सकिने व्यवस्था रहेको छ । एप डाउनलोड गरेर सम्बन्धित कोर्षमा तोकिएको शुल्क बुझाएपछि आफूलाई चाहिएको कोर्ष लिन सकिन्छ । पाठ्यक्रममा आधारित रहेर नाम चलेका इन्टिच्युटका सम्बन्धित विषयमा ख्यातिप्राप्त शिक्षकले तयार गरेको शैक्षिक सामग्री रेकर्डेड भिडियोमार्फत अध्ययन गर्न सकिनेछ । अध्ययनको क्रममा कुनै प्रश्न भए तत्कालै सम्बन्धित शिक्षकलाई सोध्न मिल्ने व्यवस्था पनि भिडियोमै रहेको छ । साथै, अनलाइनमार्फत नै परीक्षा दिन सकिने व्यवस्था गरेको पनि इविद्याले जनाएको छ ।

इविद्या डटकमले तत्काललाई आठ वटा तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने बताएको छ । कम्पनीका अनुसार पहिलो चरणमा कमन मेडिकल इन्ट्रान्स, इन्जिनियरिङ इन्ट्रान्स, शिक्षा सेवा आयोग तयारी, कोरियन भाषा कक्षा, जापानी भाषा कक्षा, आइएलटिएस, बौद्धिक परीक्षण, एसइईपछिको ब्रिज कोर्ष र कक्षा १२ को अङ्ग्रेजी र एकाउण्ट विषयको तयारी कक्षा घरमै बसेर अध्ययन गर्न सकिने छ ।

नेपालको शिक्षा क्षेत्रमा डिजिटल प्ल्याटफर्ममा भर्चुअल अध्ययन तथा सिकाइको लागि विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका उद्यमी युवाको समूहद्वारा स्थापना भएको एक अग्रणी कम्पनी हो इविद्या । कोभिड महामारीपश्चात् प्रत्यक्ष भेटघाटबाट जोगिन र भर्चुअल माध्यम प्रयोग गर्ने पाठ सिकाएको छ । भौतिकरुपमा कक्षा कोठामा उपस्थित भएर अध्ययन गर्ने परम्परागत तरीकामा परिर्वतन गरी कयौँ मुलुकले इन्टरनेटका विभिन्न प्ल्याटफर्ममार्फत डिजिटल अध्ययनको प्रबन्ध गरेका छन् । नेपालमा पनि यस्तो सेवा दिने भरपर्दो प्ल्याटफर्मको रुपमा इविद्या एजुकेशन स्थापना गरिएको कम्पनीका अध्यक्ष भानु दाहालले बताए ।

कम्पनीले परम्परागत सिकाइ प्रणालीलाई नयाँ दृष्टिकोणका साथ रुपान्तरण गर्ने र कम लागत, सजिलै पहुँच एवं घरमै बसीबसी आफूलाई उपयुक्त समयमा अध्ययन गर्नसक्ने प्रबन्ध मिलाएकाले कम्पनीको मोबाइल एप डाउनलोड गरी सुविधाको फाइदा उठाउन अध्यक्ष दाहालले आग्रह गरे ।

“नेपालमा सम्बन्धित विषयमा नाम चलेका शिक्षकबाट एकै ठाउँमा पढाइ हुन्छ, समय वचत र घरेलु वातावरणमा सिक्न सकिन्छ, महँगो शुल्क बुझाएर भीडभाडमा सिक्नुपर्ने बाध्यताको हामीले विकल्प दिन खोजेका हौँ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?