Trending:

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
World News

माइक्रोसफ्टको व्यवसायका लागि ईयू आकर्षक केन्द्र

माइक्रोसफ्टको व्यवसायका लागि ईयू आकर्षक केन्द्र
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१५ वैशाख, लन्डन । माइक्रोसफ्टले ब्रेक्जिटपछिको बेलायतले प्रतिस्पर्धाको डरका कारण भिडियो गेम निर्माता ‘एक्टिभिजन ब्लिजार्ड’को विशाल अधिग्रहणलाई रोकेपछि युरोपेली सङ्घ (ईयू) व्यवसायका लागि ‘बढी आकर्षक’ भएको बताएको छ ।

बेलायती नियामक निकायले ‘कल अफ ड्युटी’ निर्माताकम्पनीका लागि ६९ अर्ब अमेरिकी डलरको सम्झौता रोकेपछि उपाध्यक्ष तथा अध्यक्ष ब्राड स्मिथले क्लाउड गेमिङप्रभावित हुने र उपभोक्ताको रोजाइमा अङ्कुश लगाउने डरले यस्तो टिप्पणी गरेका छन् ।

यो सम्झौता ईयू र संयुक्त राज्य अमेरिकाबाट अनुमोदनको पर्खाइमा रहेको बेला आएको छ । केही विश्लेषकहरूले यदि माइक्रोसफ्ट र एक्टिभिजनले पुनरावेदन आफ्नो पक्षमा आउन असफल भएमा प्रस्तावित अधिग्रहणको लागि बेलायती समूहले सेवा अन्त्यको सङ्केत दिन गर्नसक्छ ।

‘सेवा बिक्रीलाई यूरोप केन्द्रित गर्न चाहेमा माइक्रोसफ्टका लागि युरोपेली सङ्घ व्यवसाय सुरु गर्नका लागि बेलायतभन्दा बढी आकर्षक ठाउँ हो,’ स्मिथले भने ।

प्रतिस्पर्धा बजार प्राधिकरण (सिएमए)को यो निर्णय बेलायतमा माइक्रोसफ्टको ४० वर्षको उपस्थितिको ‘सम्भवतः सबैभन्दा कालो दिन’ भएको उनले बताए ।

यसले माइक्रोसफ्टको भविष्यको बेलायती लगानी निर्णयलाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा स्मिथले भने, ‘यसले पक्कै पनि मद्दत गर्दैन ।’

जवाफमा प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले भने, “बेलायतमा अत्यन्त आकर्षक प्रविधि क्षेत्र छ र डिजिटल खेलकोे बढ्दो बजार छ ।’ हामी माइक्रोसफ्ट र अन्य कम्पनीहरूसँग सक्रिय रूपमा संलग्न रहनेछौं ।’
सीएमएले आफ्नो निर्णयले बेलायतले प्रतिस्पर्धालाई समर्थन गरिरहेको र व्यापारका लागि पूर्ण रुपमा खुला रहेको देखाएको बताएको छ ।

एक्टिभिजन र माइक्रोसफ्टले पनि यो निर्णयले सन् २०२१ को सुरुमा युरोपेली सङ्घबाट बहिर्गमनपछि देश विश्वव्यापी प्रविधिको हब रहेको बेलायतको आग्रहको खण्डन गरेको तर्क गरेका छन् ।

‘ईयूबाट बहिर्गमनपछि बेलायतले अझ लचिलो हुने, लगानीका लागि राम्रो हुने, प्रविधिका लागि राम्रो हुने गरी संरचना निर्माण गर्नेछ भन्ने आशा गरेका हामी सबैका लागि अहिले उल्टो देखिएको छ,’ स्मिथले भने ।

उनले माइक्रोसफ्ट आशावादी रहेको र ईयूका नियामकहरूले सीएमएले अस्वीकार गरेका प्रतिबद्धतालाई अझ उपयुक्त मानेको बताएका छन् ।

एक्सबक्सको मालिक माइक्रोसफ्टले सन् २०२२ को सुरुमा चीनको टेन्सेन्ट र जापानको प्लेस्टेशन निर्माता ‘सोनी’ पछि विश्वको तेस्रो ठूलो गेमिङ फर्म सिर्जना गर्न एक्टिभिजनको लागि बोलपत्र आह्वान गरेको थियो । एक्टिभिजनको चर्चित शीर्षकहरूमा ‘क्यान्डी क्रश’ र ‘वल्र्ड अफ वारक्राफ्ट’ पनि समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?