Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

सिमानामा निगरानी बढाउन सिसिटिभी जडान गरिने

सिमानामा निगरानी बढाउन सिसिटिभी जडान गरिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१९ वैशाख, काठमाडाैँ । सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामरा जडान गरी निगरानी बढाउने महत्वाकाङ्क्षी योजनासहित भाबी कार्ययोजना सार्वजनिक गरेको छ।

२०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, ऐतिहासिक तथा महत्वपूर्ण संरचना र राजस्व कार्यालय सुरक्षालगायत विभिन्न १२ वटा जिम्मेवारी तोकिएको छ। सशस्त्र प्रहरीले यसै हप्ता प्रतिआतङ्कवाद एकाइ गठन गरी झापा, बारा, दाङ, बर्दिया र दार्चुलालगायतका जिल्लामा थप २१ वटा सीमा सुरक्षा बल (बीओपी) स्थापना गरेको छ। योसँगै बीओपीको सङ्ख्या २४९ पुगेको छ। सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने घोषणा गरेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी योजना सार्वजनिक गर्दै भने, “सीमामा हुने अवाञ्छित गतिविधि रोक्न कडा निगरानी गरिनेछ। त्यसका लागि ठाउँठाउँमा सीसीटीभी जडान गर्नुका साथै गस्ती बढाइनेछ।” संरचनागत सुधारका कार्यअन्तर्गत सशस्त्रले सीमा सुरक्षा विभागको स्थापना गरी सीमाक्षेत्रमा हुने गतिविधि केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था गरेको छ।

गत वर्ष सङ्गठनले गरेका प्रगति, भाबी योजना र सङ्गठन सुधारका कार्ययोजना सार्वजनिक गर्दै नीतिगत सुधारअन्तर्गत शान्ति मिसन छनोट निर्देशिका संशोधन गरी सेवा अवधिका आधारमा सहभागी गराउने प्रणाली विकास गरिएको छ। सङ्गठनलाई राजनीतिक हस्तक्षेप र अनावश्यक चलखेलबाट मुक्त बनाउने दाबी गरिएको छ। अनावश्यक चलखेल र शक्ति केन्द्रको प्रभावमा सरुवाबढुवा हुने कार्य रोक्न कमान्डको पूर्वानुमान सूची पहिले नै प्रकाशन गरी सोहीअनुसार कार्यान्वय गर्ने नीति अङ्गीकार गरिएको छ।

कूटनीतिक नियोग, विदेशी दातृनिकायमा अदृश्य रूपमा हुने भेटघाट रोक्न सशस्त्रले स्थायी आदेश नै जारी गरेको छ। सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीको गतिविधि अपारदर्शी देखिएपछि सादा पोसाकमा खटाउने व्यवस्था नै खारेज गरिएको छ। संस्थागत सुधारअन्तर्गत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन खटिने सशस्त्र प्रहरीलाई नापी विभागबाट स्ट्रिप नक्सासम्बन्धी विशेष तालिम दिने, सीमा विवाद समाधान गर्न सशस्त्र प्रहरी प्रमुख र भारतीय सीमा सुरक्षा बल एसएसबीका प्रमुखबीचको समन्वयात्मक वार्षिक बैठक नियमित गर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?