Trending:

स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा
अपडेट

स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी

स्वचालित क्यामेरा जडान गरेर बाघको निगरानी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२० वैशाख, कञ्चनपुर । दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडा नं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छवटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए । बाघले मान्छे मारेपछि अझैसम्म स्थानीयवासी त्रस्त छन्, फेरि बाघको हल्ला छ”, उनले भने, “त्यसैले बाघको ट्र्याकिङका लागि क्यामेरा जडान गरिएको हो ।” यही बैशाख ८ मा घाँस काट्न गएकी सोही वडाकी गङ्गा चन्दको बाघको आक्रमणबाट ज्यान गएको थियो । घटनापछि स्थानीयवासी त्रस्त छन् ।

‘पचुईँपारि भारततिर बाघ देखियो भन्ने हल्ला छ, बाघ हिँडेको नयाँ पाइला पनि देखिएका छन्’, स्थानीयवासी महेश विष्टले भने, ‘घटनापछि डराएका  स्थानीयवासी अझैसम्म सामान्य अवस्थामा आउन सकेका छैनन् ।’ घाँसपात जान पनि महिला डराएको अवस्था छ, कति बेला के हुन्छ भनेर ढुक्कसँग खेतीपाती भित्र्याउन पनि नसकेका उनले बताए ।

उक्त नरभक्षी बाघलाई अर्को दिन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि गत चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।

पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दामा  त्रास बढेको हो । बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहे पनि अझैसम्म स्थानीयवासीमा बाघको त्रास कम हुन नसकेको वडानं ८ का अध्यक्ष बिसराम रानाले बताए ।

‘गहुँ थ्रेसिङ गरेपछि भुसासमेत बाघको डरले त्यस क्षेत्रका बासिन्दाले ल्याउन सकेका छैनन्’, उनले भने, ‘रातपर्ने वित्तिकै स्थानीयवासी घर बाहिर निस्कन डराइरहेका छन् ।’ त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि राति भने  आवतजावत निकै कम भएको छ । बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा घना जङ्गल छैन तर  करिब दुई किलोमिटर क्षेत्रमा रहेको  घना झाडी भने सफा गर्ने तयारी गरिएको छ । ‘झाडीमा बाघ लुक्ने सम्भावना छ, त्यसैले वडा कार्यालयले झाडी सफा गर्ने तयारी गरेको छ’, वडाध्यक्ष रानाले भने, ‘यसबाट  सो क्षेत्र खुल्ला हुन्छ । झाडी नभए बाघ पनि नबस्ने र स्थानीयवासीको डर कम हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?