Trending:

वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा
अपडेट

‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी

‘नेप्से–३० इन्डेक्स’ ल्याउने तयारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२१ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ ।

दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

‘नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवाला क्षेत्र र विज्ञमार्फत जेठ ५ गतेसम्म सुझाव लिनेछौँ । कार्यान्वयन योग्य र सम्बोधन गरिनुपर्ने सुझाव आएमा तिनीहरूलाई समेत समेटी चाँडै नै यो इन्डेक्स लञ्च हुनेछ,’ पराजुलीले भने ।

नेप्सेले आजै एक सूचना जारी गर्दै प्रस्तावित नेप्से–३० इन्डेक्समाथि सरोकारवालामार्फत राय–सुझाव मागेको छ । बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) शेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कका रूपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने जनाइएको छ । यो सूचकाङ्कले बजार कारोबार तथा उतार–चढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पुग्ने नेप्सेको भनाइ छ ।

‘नेप्से–३० इन्डेक्सबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबार योग्य उपकरण प्राप्त हुन जान्छ,’ नेप्सेले भनेको छ, ‘दीर्घकालीन महत्व राख्ने यस सूचकाङ्कको गणना विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधि पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ ।’

प्रस्ताविक नेप्से–३० इन्डेक्समा समावेश हुनका लागि सूचीकृत सङ्गठित संस्था छनोटका आधार पनि तोकिएका छन् । ‘प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष खुद नाफामा रहेको कम्पनी नेप्से–३० इन्डेक्समा रहन योग्य मानिनेछ,’ नेप्सले सूचनामार्फत भनेको छ, ‘अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फिति दरभन्दा बढी रहेको हुनुपर्नेछ ।’

त्यसैगरी, यस्तो इन्डेक्समा सूचीकृत हुन कम्पनीको कम्तीमा २५ प्रतिशत सर्वसाधारणमा जारी भएको वा कूल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । कम्तीमा २० हजारभन्दा बढी शेयर सदस्य रहेको, पछिल्लो छ महिना अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत पाँच हजार कित्ता वा सोभन्दा बढीको कारोबार भएको र दैनिक औसत ४० भन्दा बढी पटक कारोबार भएको कम्पनी नेप्से–३० इन्डेक्समा राख्न योग्य मानिने छन् ।

त्यसैगरी, प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि पनि तयार पारिएको छ । ‘प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत सङ्गठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा कूल भार (कम्पोजिट वेट) गणना गरिनेछ,’ नेप्सेले भनेको छ, ‘सूचीकृत सङ्गठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी छ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कूल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ ।’

यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट आठवटा कम्पनी कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ । अहिले नेप्सेमा विभिन्न १७ वटा इन्डेक्स छन् । सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ । नेप्से इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार प्रतिबिम्बित हुन्छ । राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएका देखि फ्रिक्वेन्टी कारोबार हुने सबै कम्पनी त्यहाँ हुन्छन् । जसकारण बजारको वास्तविक अवस्था प्रतिबिम्बित नहुन सक्छ ।

यसअघि नेप्से–५० इन्डेक्स ल्याउने गरी छलफल भइरहेको भए पनि अन्तिममा नेप्से–३० इन्डेक्स जारी गर्ने निर्णयमा नेप्से पुगेको हो । यो इन्डेक्सबाट लगानीकर्ताले मुख्यगरी तीनवटा सुविधा पाउने छन् । पहिलो, यसले बजारको वास्तविक अवस्था देखाउनेछ । दोस्रो, नेप्से–३० लाई आफैँमा एक सेक्युरिटीका रूपमा कारोबार गर्न सकिनेछ भने तेस्रो यसले प्यासिभ म्युचुअल फन्डलाई सहयोग गर्ने ठानिएको छ ।

नेप्से–३० कार्यान्वयनमा लैजाने तयारी नेप्सेले गरिरहँदा यसलाई कार्यान्वयनका लागि वातावरण बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषय भने स्पष्ट छैन । किनकि, नेप्से–३० इन्डेक्स कार्यान्वयनमा ल्याएसँगै यसलाई नै प्रोडक्टका रूपमा कारोबार गर्न लगानीकर्ता तयार हुनुपर्ने हुन्छ ।

लगानीकर्ताले नेप्सेमा लगानी गर्दा निश्चित प्रतिशत मुनाफा (डेभिडेन्ट) को अपेक्षा गर्छन् तर नेप्से–३० इन्डेक्समा लगानी गर्ने लगानीकर्ताले मुनाफा भन्ने हुँदैन । कारोबारकै आधारमा त्यसको नाफा घाटा निर्धारण हुन्छ । जसकारण यस्तो प्रकृतिको इन्डेक्समा लगानी गर्नका लागि बजार तयार छ वा छैन भन्ने स्पष्टता देखिँदैन । बजारले ‘इन्भेस्टमेन्ट टुल’का रूपमा मात्रै यो इन्डेक्सलाई प्रयोग गर्न सक्नेछ । त्यस्तै, कम्पनीको प्राविधिक विश्लेषणले यो इन्डेक्समा काम गर्दैन । यसमा अनुमानका आधारमा कारोबार हुन्छ ।

नेप्से–३० इन्जेक्स जारी हुँदा यसबाट नेप्सेको काम पनि बढ्नेछ । किन भने तथ्याङ्क विश्लेषण र कारोबार नियमनको काम नेप्सेमा थपिन्छ । कम्पनीको क्राइटेरिया विश्लेषण गर्ने, नियमन गर्ने, इन्डेक्स एडजस्मेन्ट गर्नेलगायतका काम नेप्सेले गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?