Trending:

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ नेपाली बजारमा लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा एप्पलको आइफोन १६ सार्वजनिक, यस्ता छन् फिचर एप्पलले आज ‘आइफोन १६ सिरिज’ सार्वजनिक गर्दै टिकटक चल्न सुरु भएसँगै एनसेलले ल्यायो नयाँ टिकटक प्याक नेपाल टेलिकमले हटायो टिकटकको प्रतिबन्ध अनरले सार्वजनिक गर्यो विश्वको सबैभन्दा पातलो फोल्ड गर्न मिल्ने फोन एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी आजदेखि टिकटक पूर्ण रुपमा चल्ने स्मार्टचोइस टेक्नोलोजिजले ल्यायो ‘तिर्की दाउः ट्रायल अफर’, ७ सय ७७ रुपैयाँसम्म क्यासब्याक ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा नेपालमा सार्वजनिक भयो प्रिमियम लक्जरी ईभी ब्रान्ड ‘जिकर’ सामाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी विधेयक चाँडै : सञ्चारमन्त्री रियलमीको डिलर्स मिट सम्पन्न थप पाँच वर्षलाई नवीकरण भयो एनसेलको लाइसेन्स ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक फोनपेले सुरु गर्‍यो बोहनी नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय खल्तीद्वारा ‘नयाँ सुरक्षा प्याकेज सार्वजनिक नेपाल टेलिकम सम्बन्धी गुनासो छ ? यी नम्बरमा गर्नुहोस् नि:शुल्क फोन ओप्पोले नयाँ एआई फोन रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ? बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप यसरी भएको थियो एटीएम आविष्कार ५ दिनमा १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स खारेज नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान आईफोन १६ सार्वजनिक हुँदै नेपालमै पहिलो वास्तु वेबसाइट सञ्चालनमा एडिबीले नेपाललाई थप सहयोग गर्ने प्रतिबन्ध हटाए पनि अझै खुल्दैन टिकटक, यस्ता छन् सर्तहरू ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट बीच कर्जा प्रवाह सम्बन्धी सम्झौता टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’ ई–सेवाका एजेन्टले कुमारी बैंकबाट बिनाधितो २ लाखसम्म कर्जा पाउने सामसङले ग्यालेक्सी ए र ग्यालेक्सी ट्याब एस९ एफइ सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण युट्युबमा भिडियो थम्बनेल आकर्षक बनाउने तरिका राष्ट्रिय युवा संघ नेपालले नेपालमा ‘एआई’ सम्मेलन गर्दै बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी के तपाई वेबसाइट बनाउने सोचमा हुन्छ ? यी कुरामा अवश्य ध्यान दिनुहोस् क्यामरा किन्दा ध्यान दिनुपर्ने कुराहरु डिजिटल माध्यम मोबाइल बैंकिङ प्रयोग गर्दा ध्यन दिन पर्ने आधारभूत कुराहरु सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा नेपाल टेलिकमको सेवा आज राति चार घण्टा प्रभावित हुने नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
अपडेट

दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा

२८ बैशाख २०८०, बिहीबार १६:०६

२८ वैशाख, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी उनलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ ।

गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो ।

कम्प्युटर सिक्ने भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ । तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् ।

एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी भएका छन् । विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ ।

खाली समयमा देवीस्थान माविले आफूहरूलाई सुनौलो अवसर दिएको घर्ती बताउँछन् । उनले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा ४०/५० हजार रुपैयाँसम्म खर्च हुने बताए । अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

घर्ती भन्छन्– ‘एसइई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइरहेको थियो, त्यही बेला साथीहरूले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ भन्नुभयो, बुझ्दा खेरी हो रहेछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नुपथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त बिहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुनेभयो ।’

घर्ती जस्तै निसीखोला–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ । एसइई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाएका उनी अहिले दैनिक कम्प्युटर सिक्न आउँछन् । आफूहरू जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको मगर बताउँछन् । उनले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाए ।

‘गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि अवस्था सहज छैन, यहाँ वरपर सिक्ने ठाउँ पनि छैन, सिक्नका लागि ठूलै बजारमा जानुपर्छ,’ उनले भने– ‘एसइई दिएर साथीसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरूले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छु ।’

बजारमा कम्प्युटरको ‘बेसिक कोर्ष’ को चार हजारदेखि छ हजार रुपैयाँसम्म शुल्क लिने गर्छन् । विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो । विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरूको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिए । उनले देवीस्थान माविको मात्रै नभइ निसीखोला र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थी कम्प्युटर सिक्न आइरहेको बताए ।

अहिले ५० विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको सङ्ख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ । विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा सञ्चालन गरिरहेको छ । प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताए । यही वैशाख १३ गतेदेखि सुरु भएको कम्प्युटर कक्षा एसइई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म सञ्चालन हुने उनको भनाइ छ ।

‘दुर्गम भेगका विद्यार्थीलाई प्रविधिसँग जोड्न, उनीहरूको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्मक सोचको विकास गर्न हामीले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,’ प्रधानाध्यापक क्षेत्रीले भने– ‘उनीहरूबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थी निकै उत्साहपूर्वक सहभागी भइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?