Trending:

फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण
अपडेट

लाइसेन्स नभएका चालकलाई बचाउन खोज्दा आफै प्रहरी नियन्त्रणमा

लाइसेन्स नभएका चालकलाई बचाउन खोज्दा आफै प्रहरी नियन्त्रणमा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

३१ वैशाख, सिन्धुपाल्चोक । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् ।

दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो ।

यही बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए । आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त निज बस्नेतले दुर्घटना भएको बेला चालक आफू रहेको भनी मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

उनको बयानमा शङ्का लागेकाले अनुसन्धन गर्दा बस्नेतले घटना भएको बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना भएको बेलाका चालक तामाङसँग सवारी साधन अनुमतिपत्र नभएकाले उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले जानकारी दिए ।

उनका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?