Trending:

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
अपडेट

आजदेखि एमडिएमएस प्रणाली लागु, यस्ता मोबाइल अब नेपालमा नचल्ने !

आजदेखि एमडिएमएस प्रणाली लागु, यस्ता मोबाइल अब नेपालमा नचल्ने !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१ जेठ, काठमाडाैँ । मोबाइलको आयात र प्रयोगलाई व्यवस्थित गर्न स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सोमबारदेखि लागु हुने भएको छ। यससँगै अबदेखि नेपाल भित्रिने मोबाइल (सम्बन्धित मोबाइलको आइएमइआई) लाई यो प्रणालीमा अनिवार्य दर्ता गर्नुपर्ने छ।

प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार प्रणालीमा मोबाइलको आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन। त्यस्तै आइतबार (वैशाख ३१) सम्म प्रयोगमा रहेका मोबाइल भने प्रणालीमा स्वतः दर्ता हुने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

लामो समयको उतारचढावपछि एमडिएमएस कार्यान्वयनमा आउन लागेको हो। सरकारले गत आर्थिक वर्षको बजेटमार्फत नै २०७८ साउनदेखि यो लागु गर्ने घोषणा गरेको थियो तर सबै उपकरण नआएको कारण देखाउँदै प्राधिकरणले तोकिएको समयमा यसलाई सञ्चालनमा ल्याउन सकेको थिएन। दोस्रो पटक २०७९ पुस १५ गतेदेखि एमडिएमस लागु गर्ने प्राधिकरणले औपचारिक घोषणा गरे पनि सार्वजनिक विरोधपछि त्यसलाई तत्कालका लागि स्थगित गरेको थियो। खास गरी व्यक्तिगत प्रयोजनका लागि ल्याइने मोबाइलको भन्सारसँग सम्बन्धित नीति व्यावहारिक नभएको भन्दै भएको विरोधका कारण त्यससँग असम्बन्धित एमडिएमएस प्रणाली पनि त्यति बेला स्थगित हुन पुगेको थियो।

नेपालमा अवैध मोबाइल भित्रिएका कारण त्यसबाट ठुलो रकम बराबरको राजस्व चुहावट भइरहेको ठहर गर्दै सरकारले प्राधिकरण अन्तर्गत रहने गरी यो प्रणाली लागु गर्ने निर्णय गरेको थियो। निर्णय भएको पाँच वर्ष पूरा भएपछि मात्र यो सञ्चालनमा आउने अवस्था बनेको हो। प्राधिकरण स्वयम्ले पनि नेपालमा अवैध मोबाइलको आयात बढेको र यसले जोखिम निम्त्याएको भन्दै यो प्रणाली लागु गर्न पछिल्लो समय सक्रियता देखाइरहेको थियो। प्रणाली स्थापनाका लागि प्राधिकरणले ८० करोड रुपियाँ खर्च गरिसकेको छ।

प्रणालीमा सहजै दर्ता

गत पुसमा यो प्रणाली लागु गर्नुपूर्व प्राधिकरण आफैँ पनि यसमा दर्ता हुन आवश्यक कागजातका विषयमा अन्योलमा थियो। व्यक्तिगत रूपमा मोबाइल ल्याउँदा त्यस्ता मोबाइल खरिद गरिएको रसिद देखाउनुपर्ने अव्यावहारिक सर्त राखेको प्राधिकरणले अहिले त्यसमा भने सहजीकरण गरेको छ। प्राधिकरणका अनुसार व्यक्तिगत रूपमा त्यसरी नेपाल भित्र्याइने मोबाइल आफैँले प्रणालीमा दर्ता गर्नुपर्ने छ। एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइट (एमडिएमएस डट एनटिए डट जिओभी डट एनपी) मार्फत मोबाइल दर्ता गर्नुपर्ने छ। त्यसरी मोबाइल दर्ता गर्दा राहदानी अथवा नागरिकता र राहदानीमा ‘डिपार्चर स्ट्याम्प’ अनि ‘अराइभल स्ट्याम्प’ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने छ। दर्ता प्रव्रिmयालाई थप सजिलो बनाएर एमडिएमएस सञ्चालनको तयारी गरिएको अध्यक्ष खनालले जानकारी दिए।

नेपाल भित्रिने व्यक्तिगत मोबाइल १५ दिनसम्म भने बिनादर्ता नै प्रयोग गर्न सकिने छ। त्यसबिचमा मोबाइल दर्ताका लागि प्राधिकरणले सन्देश पनि पठाउने छ। १५ दिनभित्र पनि मोबाइल दर्ता नभएको अवस्थामा त्यसपछि भने ‘नेटवर्क लक’ हुने छ। प्राधिकरणले दर्ता सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेक्स पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ।

नेपालभित्र खरिद गरिने मोबाइलको हकमा भने उक्त मोबाइल यस प्रणालीमा दर्ता भए/नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले सुझाव दिएको छ। मोबाइल दर्ताका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको वेबसाइटमा उक्त मोबाइलको आइएमइआई नम्बर राखेर मोबाइल प्रणालीमा दर्ता भए/नभएको हेर्न सकिने प्राधिकरणले जानकारी दिएको छ। त्यस्तै मोबाइल आयातकर्ताले भने मोबाइल आयातपूर्व अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि प्राधिकरणले गरेको छ।

वैदेशिक रोजगारीबाट फर्किनेलाई भन्सार सुविधा

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले विदेशबाट फर्कंदा दुई वटासम्म मोबाइल भन्सार महसुल नतिरी ल्याउन पाउने भएका छन्। भन्सार विभागले अबदेखि लागु हुने गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो। यो व्यवस्था अनुसार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर कम्तीमा छ महिना काम गरेर फर्केका व्यक्तिले मात्र यस्तो सुविधा पाउने छन्। यसबाहेक अन्यका हकमा भने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ अनुसार एक थान मात्र मोबाइल महसुल नतिरी ल्याउन सक्ने छन्। अर्थात् घुमघाम अथवा अध्ययनका लागि गएर फर्कने नेपालीले एकभन्दा बढी मोबाइल ल्याएको अवस्थामा थप मोबाइलको भन्सार महसुल तिर्नुपर्ने छ।

एउटा मात्र मोबाइल ल्याएको अवस्थामा त्यस्तो मोबाइलको भन्सार घोषणा गर्नु नपर्ने भए पनि नियमानुसार स्वयम्ले एमडिएमएसमा भने दर्ता गर्नुपर्ने विभागले प्रस्ट पारेको छ। दुई वटा मोबाइल ल्याउने वैदेशिक रोजगारीबाट फर्किएकाको हकमा भने महसुल नतिरे पनि एउटा मोबाइलको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रव्रिmया भने पूरा गर्नुपर्ने छ। यसबाहेक थप मोबाइल ल्याउन चाहने जोकोहीले नियमबमोजिम भन्सार महसुल तिरेर मोबाइल ल्याउन सक्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए। –गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?