९ जेठ, काठमाडाैँ । कोरोना महामारीका कारण नेपाली चिकित्सा प्रणालीमा ठूलो परिवर्तन भएको पाइएको छ । नयाँ प्रविधिहरूको विकास तथा आविष्कारले चिकित्सा क्षेत्रमा प्राविधिक पक्ष थपिँदै गएको हो ।
नेपालको स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विकास भएका प्रविधिहरूले संक्रामक रोगहरूको नियन्त्रणमा समेत सहयोग पुर्याएका छन् । संक्रामक रोगको नियन्त्रणमा प्रविधिको प्रयोग नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।
कोरोना महामारी जस्तै सम्भावित अन्य रोगहरूले निम्त्याउन सक्ने जोखिम कम गर्न विशेषज्ञहरूले नयाँ औषधि, तथ्य विश्लेषण र इमेजिङ प्रविधिहरू प्रयोग गर्न सुझाव दिइरहेका छन् । सोही अनुरूप नेपाली चिकित्सा संस्थाहरूले पनि आवश्यकता अनुसार नयाँ चिकित्सा प्रविधिको अनुसन्धान र विकास सुरू गरेका छन् ।
चिकित्सा क्षेत्रमा प्रविधिको प्रयोगको उपयोगिताको उदाहरणको रूपमा इमेजिंग प्रविधिलाई लिन सकिन्छ । यो प्रविधिले रोगको पहिचान, परीक्षण, विश्लेषण र प्राविधिक अध्ययनमा सहयोग पुर्याइरहेको छ । जसका कारण संक्रामक रोगको पहिचान र निगरानीमा सहज भइरहेको छ ।
धेरै नकारात्मक पक्ष भएता पनि कोरोना महामारीको सकारात्मक पक्षको रूपमा नेपाली चिकित्सा क्षेत्रमा विकास तथा प्रयोग भएका नयाँ प्रविधिलाई मान्न सकिन्छ । जसका कारण चिकित्सा क्षेत्र केही मजबुद बन्दै सार्वजनिक स्वास्थ्य प्रणालीमा सुधारमा सहज भइरहेको छ । यो समयमा भएका नयाँ प्रविधिको विकासले आगामी दिनमा देखिने समस्याको समाधान समेत गर्न सहयोग गर्ने सहज अनुमान गर्न सकिन्छ ।
नेपालमा पछिल्लो समय टेलिमेडिसिन सेवाको समेत सुरू भएको छ । महमारीको समयमा नेपालभित्र नै स्वास्थ्य परामर्श सहज बनाउने योजना अनुरूप सुरू भएको टेलिमेडिसिन सेवा अहिले विदेश स्तरमा समेत फैलिएको छ । काठमाडाैँको वीर अस्पतालले करीब ३ महिना अघि सुरू गरेको टेलिमेडिसिन सेवामा प्रवासमा रहेका नेपालीहरूले निः शुल्क परामर्श लिइरहेका छन् ।
पछिल्लो समयमा विश्वमा रोबोटिक सर्जरी समेत हुन थालेको छ । नेपालमा पनि स्वास्थ्य क्षेत्र थप प्रविधिमैत्री बनाउन सोही प्रकृतिका उपकरण प्रयोग गर्न सकिन्छ । यस्ता प्रविधिले चिकित्सकहरूलाई रोगीहरूको समस्या निर्धारण गर्न र उच्चतम श्रेणीको स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्दछन् ।
कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा थपिएको प्रविधिले नेपाली चिकित्सामा ठूलो परिवर्तन ल्याएको छ । यसले नेपाली स्वास्थ्य सेवा प्रणालीलाई नयाँ आयाम दिँदै सार्वजनिक स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने सम्भावनाहरूको बाटो देखाएको छ । समग्रमा नेपाली स्वास्थ्य क्षेत्रमा प्रविधिको प्रयोग बढेको देखिएता पनि पर्याप्त भने भएको छैन ।
नेपाली स्वास्थ्य क्षेत्रमा प्रविधिको ठूलो परिणाम निकाल्न सहज र आर्थिक हिसाबले पहुँचयोग्य बनाउन जरूरी छ । नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उच्चतम प्रविधि प्रयोग भइरहेता पनि सरकारी स्वास्थ्य संस्थाहरू भने अझै प्रविधिमैत्री हुन सकेका छैनन् ।