१४ जेठ, एजेन्सी । ट्विटरले युरोपेली सङ्घको डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ ।
एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहने त्यसको पालना हुनुपर्ने ईयु उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन् ।
सन् २०१८ मा शुरु गरिएको ईयुको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्विटर, माइक्रोसफ्ट र टिकटकजस्ता सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो ।
त्यसबेला कोड प्रयोगकर्ताले तथ्य–जाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्ने जस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए । आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन् ।
युरोपेली आयोगका एक अधिकारीले शुक्रबार एएफपीलाई भनेका थिए, ‘यदि (एलोन मस्क)ले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ ।’