Trending:

वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी फेसबुकबाट पैसा कमाउने ७ प्रभावकारी तरिका: सुरु गर्ने सजिलो उपायहरू बीवाईडीले विश्वकै पहिलो मेगावाट फ्ल्यास चार्जिङ प्लेटफर्म सार्वजनिक गर्‍यो मेटाले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘एलएलएम’ पहिलो मोबाइल कलको ऐतिहासिक क्षण: ५२ वर्षअघि आजैका दिन गरिएको थियो पहिलो कल फोनपेको ऐतिहासिक कीर्तिमान: एकै दिन २.६२ अर्ब रुपैयाँ कारोबार भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्ट बन्द, मेटाद्वारा अहिलेसम्मकै कडा कारबाही व्हाट्सएप स्टेटसमा सजिलै गीत राख्ने तरीका, नयाँ सुविधा आयो! वैज्ञानिकले खुलाए रहस्य: अन्तरिक्षबाट आउने अनौठा रेडियो सिग्नलको स्रोत पत्ता लाग्यो एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य हासिल गर्न सहजीकरण आवश्यक : सञ्चारमन्त्री गुरुङ एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार भिभो एप्पललाई चुनौती दिन नयाँ रणनीतिसहित तयारीमा नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप सार्वजनिक टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन नेपालमा हुन्डाई क्रेटा ईभी र स्थानिय उत्पादन क्रेटा आईस सार्वजनिक नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक स्मार्टफोन आयातमा वृद्धि, आठ महिनामा २१ अर्ब नाघ्यो ट्विटरको ऐतिहासिक ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री नेपाली बजारमा आइटेलको नयाँ स्मार्टफोन नेपालमा पहिलो पटक ‘टाटा अल्ट्रा ग्रिज’ लन्च ‘एससीटी स्मार्ट वेनस्डे’ अफर: ग्राहकहरूका लागि आकर्षक छुट बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने टाटा मोटर्सका नयाँ ईभी मोडलहरू बुटवल र भैरहवामा लन्च स्मार्टफोन चार्ज नहुने समस्याबाट हैरान? यी टिप्सले समाधान दिन सक्छन् दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक जगदम्बा मोटर्सले नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर सार्वजनिक गर्‍यो सीबीफीन र काठमाडौं फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित भारतीय अन्तरिक्ष मिशनद्वारा स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ सम्पन्न बजार बजारमा साओमी १५ अल्ट्रा “चन्द्रमामा नोकियाको फोरजी नेटवर्क सक्रिय बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान
अपडेट

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट

नमोबुद्ध र बेथानचोक बजार क्षेत्रमा निःशुल्क इन्टरनेट
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ जेठ, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ। आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो ।

नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए।

वर्ल्डलिकं कम्युनिकेशन्ससँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो। वर्ल्डलिकंका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए। अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार एक पटक जडान गरेपछि पाँच वर्षसम्म सेवा लिन सकिने डिभाइसको व्यवस्था गरिएको छ। त्यसका लागि आवश्यक उपकरणको व्यवस्था पनि नगरपालिकाले गरेको छ। नगरले छिट्टै दाप्चा बजार क्षेत्र र नमोबुद्ध गुम्बा क्षेत्रमा पनि निःशुल्क वाईफाई विस्तार गर्ने तयारीमा रहेको जनाएको छ। त्यसैगरी बेथानचोक गाउँपालिकाले पनि सबै वडामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ।

‘डिजिटल बेथानचोक’ नारासहित पहिलो पटक सबै वडाको निश्चित् स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए। इन्टरनेट सेवा प्रदायक अल्ट्रानेटसँग सम्झौता भएको र ती क्षेत्रमा २० एमबिपिएसको डेडिकेटेड इन्टरनेटको वाइफाइ छोडिएको जनाइएको छ। हरेक युग सूचना प्रविधिकै युग भएकाले निःशुल्करुपमा इन्टरनेट चलाउन पाउने व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकले ६ ओटा वडाको सबैलाई पायकपर्ने स्थानलाई निःशुल्क वाइफाइ क्षेत्र बनाइने जानकारी दिएको छ। इन्टरनेट सेवा चालु भएपछि स्थानीयवासीले सहजै वाईफाई जोड्न फ्रि ओटीपी सिस्टमबाट पासवर्ड नै नचाहिने गरी सेवा लिनसक्ने बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?