२४ जेठ, एजेन्सी । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् ।
लिन्डा आफैंले ट्वीट गर्दै यसको जानकारी दिएकी हुन् । ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस्’
ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए ।
लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, ‘उनी ट्विटर २.० सिर्जना गर्न तथा मस्क र लाखौं प्लेटफर्म प्रयोगकर्ताहरूसँग मिलेर व्यापारलाई रूपान्तरण गर्न तयार छिन् ।’
लिन्डाले आफ्नो करियरमा आफूलाई एक कुशल विज्ञापन कार्यकारीको रूपमा स्थापित गर्न कडा मेहनत गरेकी छिन्। उनी २०११ मा एनबीसी युनिभर्सलमा सामेल भइन्, जब कम्पनी कम कास्टसँग मर्जरको अन्तिम चरणमा थियो। दुवै कम्पनीको मर्जरपछि पनि प्रमुख भूमिका खेलेको उनीसँग अनुभव छ ।



 
                        
                        
 
                                     
																							 
																							 
																							 
																							 
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                        