Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन, टुट्यो सञ्चार पनि

विद्युतगृह बाढीले बगाएपछि अन्धकार याम्फुदिन, टुट्यो सञ्चार पनि
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३ असार, फुङलिङ । वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रबार राति परेको वर्षासँगै बाढीले दुई विद्युतगृह बगाएपछि याम्फुदीन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले पूरै बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिलेमा विजुली छैन ।

सिरिजङ्गा गाउँपालिका–८ गाउँलाई याम्फुदीन भनेर चिनिन्छ । यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । दुई विद्युत्गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो । गत शुक्रबार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार विनोद उरावले बताए ।

विद्युतगृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । विद्युतगृह बाढीले बगाएपछि पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको वडाध्यक्ष गुरुङले बताए । मोबाइल सेवासमेत अवरुद्ध हुँदै आएको गुरुङले बताए ।

याम्फुदीनमा रहेको पाँच कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित स्थानमा स्थातान्तरण गरिएका छन् । काबेली खोलामा वर्षासँगै आएको बाढीले उच्च जोखिम रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

सिरिजङ्गा गाउँपालिका–८ का वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, विद्यालय र कञ्चनजङ्गा संरक्षण क्षेत्रको कार्यालयलाई सुरक्षित स्थान स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । त्यस्तै उच्च जोखिम पाँच घरपारिवारलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चोम्जोङले बताइन् ।

सिदिङवा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्षा भएकाले खोला तर्न नसकिने अवस्था भएको छ । बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सुदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् ।

उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावाखोलामा निर्माण गरेको मोटरेबल पुलको एक साइडको पिलर बगाएसँगै यातायाताका साधन आवतजावत ठप्प भएको उपाध्यक्ष कडरियाले बताए । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ ।

बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालय प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो ।

“विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्”, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने- “सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबारदेखि अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ । सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको राईले बताए । सिदिङ्वा र सिरिजङ्गामा गत वर्षको बाढी पहिराले मानवीय तथा भौतिक क्षति गराएको थियो ।a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?