Trending:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार? शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालय बन्द iOS 17 मा फोटोलाई स्टिकरमा कसरी बदल्ने स्मार्टफोन ब्राण्ड रियलमीको फ्यान फेस्ट हुदैँ विज्ञान र गणितका शिक्षक अभाव राससको श्रव्यदृश्य अब एफटीपी प्रणालीबाट नेपाल र युन्नानबीच मिडिया र पर्यटन विकासबारे गृहकार्य गरिने विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य सेयर धितो कर्जामा १२ करोडको सीमा हट्दै Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प अमेरिकाद्वारा संविधान दिवसको शुभकामना प्रेस युनियनद्वारा परामर्श समिति गठन चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह राष्ट्रिय पुस्तकालयमा अनलाइन आइएसएसएन सेवा सुरु आईफोन १५ सार्वजनिक : कति पर्छ मूल्य, के-के छन् विशेषताहरू ? iPhone 15, Apple Watch, USB-C कनेक्टर घोषणा, हेर्नुहोस् Apple Event 2023 (LIVE) भियतनाम एयरलाइन्स र बोइङबीच करिब आठ अर्ब डलरको सम्झौता डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन केवलकार सञ्चालनपछि मौलाकालिकामा बढे भक्तजन सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा संविधान दिवसको दिनदेखि सञ्चालनमा आउने राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो मुगु खुल्यो नेपाल–भारत क्युआर भुक्तानीको बाटो ‘मोबाइल एप्स’मार्फत कृषि परामर्श लिँदै चितवनका किसान नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग हिमालय एयरलाइन्सले सुरू गर्यो चीनको छिङदाओमा उडान नवलपुरमा सवारीसाधन स्क्यानर राखिने नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने वीर अस्पतालमा कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार सुरू एमसिसी अन्तर्गत प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु सुन तस्करी प्रकरण : भन्सारका तीन कर्मचारी पक्राउ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान इन्स्टाग्राममा देखिएको विज्ञापनको भर पर्दा ३४ लाख चट्… त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू, अधिकांश काम अनलाइनबाटै हुने हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो भारतले नेपालका थप चार आयोजनाको एक सय ८० मेगावाट बिजुली किन्ने
अपडेट

डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ

५ असार २०८०, मंगलवार १६:५८
५ असार २०८०, मंगलवार १६:५८

५ असार, काठमाडाैँ । डिजिटल सक्षमता पहिचान गर्न डिजिटल नेपाल कन्क्लेभ हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा विभिन्न छ वटा ‘थिम’मा आधारित रहेर यही असार ८ र ९ गते हुवावे डिजिटल नेपाल कन्क्लेभ–२०२३ र मोबाइल नेपाल कंग्रेस हुने आयोजक संस्थाका अध्यक्ष काठमाडौँमा राजन लम्सालले जानकारी गराए ।

कन्क्लेभमा विभिन्न देशका आईसीटी विज्ञहरूसहित ७० भन्दा बढी स्रोत व्यक्ति रहेका छन् । द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न छ थिममा १५ भन्दा बढी सत्र सञ्चालन हुनेछन् । दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिङ्गापुर, भारत र बङ्गलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणका लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ । अध्यक्ष लम्सालले भने, “कन्क्लेभको पहिलो दिनको सत्रमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्ससम्बन्धी सत्रहरू रहेका छन् । दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सत्रहरू रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताका लागि अबको बाटो सत्रहरू सञ्चालन हुनेछन् ।”

कन्क्लेभको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै आईसी फाउन्डेसन नेपालका संरक्षक वीरेन्द्रकुमार मिश्रले सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ जारी गरेको र सूचना प्रविधि विधेयक छलफलका क्रममा रहेकाले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नेपाल सरकारले एउटा मापदण्ड तयार गर्नुपर्ने बताउनुभयो ।

आईसीटी म्यानेजमेन्ट एक्सपर्ट हिमपाल श्रेष्ठले स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुने बताउनुभयो । “डिजिटल नेपाल ओझेलमा परेको हो कि भन्ने भान भइरहेको छ । सरकारी नीतिगत र व्यवस्था र सङ्घसंस्थाको अवस्था, सूचना सञ्चार प्रविधि तथा उद्योगको अवस्थालगायतमा आधारित रहेर कन्क्लेभ हुनेछ” विशेषज्ञ श्रेष्ठले भन्नुभयो, “स्थानीय तहहरूको क्षमता र प्रदेशहरूको अवस्थाको अध्ययन गर्दै विभिन्न विषयवस्तुमा आधारित रहेर डिजिटल सरकार बनाउन अगाडि बढ्ने प्रयास हुनेछ ।”

गत वर्ष असार ३ र ४ मा डिजिटल रूपान्तरणको नारासहित डिजिटल नेपाल कन्क्लेभ आयोजना भएको आयोजक संस्थाका अध्यक्ष लम्सालले जनाए ।

कन्क्लेभको पहिलो दिन असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको चार वटा कि–नोट र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगको पावर संवाद सत्र हुने जानकारी गराइएको छ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक हुवावेले छुट्टै हलमा मिनी मोबाइल वर्ल्ड कंग्रेसको रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्ने आयोजक संस्थाका अध्यक्षले जानकारी गराए ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतको सहयोग रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?