Trending:

बाबुराम भट्टराईको फेसबुक पेज ह्याक इसेवा र हिमालयन बैंकबीच डिजिटल कारोबारको लागि साझेदारी भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुत गतिको इन्टरनेट सेवा सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह एआई पूर्वाधार प्रविधिमा माइक्रोसफ्टको ऐतिहासिक लगानी डिपफेक पोर्नको बढ्दो प्रवृत्तिले दक्षिण कोरियामा हलचल तीन सामाजिक सञ्जाल सूचीकरण, अरुलाई सूचीकरण गर्न आग्रह आर्थिक वर्ष २०८२/०८३ बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा १० जना ग्राहकलाई आइफोन १६ उपहार दिँदै वर्ल्डलिंक संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह लिपमोटरको टी-०३ ईभी सार्वजनिक कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ग्लोबल आइएमई बैंकले एआई- एमएल ह्याकाथन आयोजना गर्ने नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु नेपालकै ठूलो एमएडब्लू ईभी कार्निभल आयोजना हुँदै अमेरिकी विमानवाहक दक्षिण कोरिया पुग्यो, उत्तर कोरियासँग तनाव बढ्ने संकेत काठमाडौंमा एमएडब्लु इभी कार्निभल हुँदै बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु बीवाईडीको हाईटेक वीक सुरु डिजिटल प्रविधिले छिटोछरितो न्याय निरूपण टेलिटकले नेपालमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन नेपालमा टाटाको ‘कर्भ डट ईभी’ ईभी सार्वजनिक ‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, सबैको प्रतिबद्धता चाहिन्छ’ पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न टेक्नोका फोनमा अब ‘डिपसिक एआई’ दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म निसानको एसयूभी म्याग्नाइट फेसलिफ्ट लन्च हुँदै पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ता : ट्रम्प शाओमी १४ टि नेपालमा सार्वजनिक, मूल्य कति ? स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ काठमाडौं महानगरपालिकाले थाल्यो जिआईएस नक्सांकन नेपाली बजारमा अनर एक्स ९सी आउँदै ओपनएआई किन्ने मस्कको प्रस्ताव कम्पनीले गर्‍यो अस्वीकार डिशहोमको ‘समर स्पिड’ अफर सार्वजनिक भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध भायानेटले ५५ करोड रुपैयाँ रोयल्टी र आरटीडीएफ बुझायो ओपन एआई खरिद गर्ने मस्कको प्रस्ताव सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा इसेवा वालेटमा रहेको पैसा अब एनआईसी एसिया बैंकको एटीएमबाट पनि निकाल्न मिल्ने छ खुट्टा भएको रोबट कुकुरको अन्टार्कटिकामा परीक्षण स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा
अपडेट

एक वर्षमा ३ सय २२ उद्योग दर्ता, ५ प्याटेन्ट र १८ डिजाइन दर्ता

एक वर्षमा ३ सय २२ उद्योग दर्ता, ५ प्याटेन्ट र १८ डिजाइन दर्ता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२  उद्योग दर्ता भएका हुन् ।

गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन, २०७६ ले रू ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, रू १५ करोड देखि रू ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक रू १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ ।

उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन् । त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या तीन हजार दुई सय ५४ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको सङ्ख्या ८२ छ ।

सोही अवधिमा चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन् । गत आवमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको सङ्ख्या तीन सय २७ छन् । उक्त उद्योगबाट कूल रू ३३ अर्ब १४ करोड बराबरको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?