Trending:

सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट प्वाइन्ट, अब नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाइन इनड्राइभद्वारा काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न
अपडेट

डिजिटल प्रविधिले विश्वभरी पुर्यायो नेपाली चलचित्र

डिजिटल प्रविधिले विश्वभरी पुर्यायो नेपाली चलचित्र
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२६ श्रावण, काठमाडाैँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । किनकि प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन ।

यो समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । मोफसलबाट पनि चलचित्र प्रदर्शन हुने भएकाले काठमाडौँ उपत्यकासम्म आइपुग्दा प्रिन्ट नै ड्यामेज हुने गरेको निर्देशक सुनिल पाण्डेले बताए ।

“काठमाडौँमा पनि प्रदर्शनका लागि पालोमा बस्नुपर्ने हुन्थ्यो । उपत्यका बाहिर हुने प्रदर्शनमा प्रिन्टको क्वालिटी घट्ने गर्थ्याे”, निर्देशक पाण्डेले भने, “त्यस समयमा अनुभवका आधारमा काम गरिन्थ्यो । छायाङ्कन गरिएका कतिपय दृश्य निर्देशकले हेर्न पाउँदैनथे । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपर्थ्याे ।” उहाँले ‘षड्यन्त्र’, ‘ए पण्डित बाजे’, ‘हलचल’लगायत चलचित्रमा निर्देशन गरेका थिए ।

अधिकांश चलचित्र डिजिटल प्रविधिभन्दा अगाडि नै तयार गर्नुभएका निर्देशक पाण्डेका अनुसार सेल्युलाइडको युगमा चलचित्रसम्बन्धी शिक्षा लिने न्यून भएकैले पनि अनुभव र सिकाइले धेरैलाई चलचित्रकर्मीका रुपमा स्थापित गर्यो ।

“हामीले निर्माण गरेका चलचित्र असफल हुँदा पनि लगानी सुरक्षित हुन्थ्यो । दर्शक चलचित्र भवनमा आउनुका कारण नै मनोरञ्जन थियो”, निर्देशक पाण्डेले भने । त्यो समयमा मनोरञ्जनका लागि चलचित्र भवन पुग्नेको सङ्ख्या धेरै थियो । त्यसैले चलचित्र एक सय दिनसम्म प्रदर्शन भएको खुसियालीमा विभिन्न कार्यक्रम हुने गर्थे ।

निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिने गरेको बताए । “अहिलेजस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन् । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउने भएकाले जति आम्दानी भए पनि लगानी भने सुरक्षित हुन्थ्यो”, उनले भने । चलचित्रले सुरुआती व्यापार नै आक्रामकरूपमा गर्ने गरेको थियो । उनका अनुसार लगानी नउठाउने चलचित्रको सङ्ख्या निकै न्यून थियो ।

‘रक्षक’ चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक देउजाले ‘गोर्खाली’, ‘दाग्बती’, ‘शहीदगेट’, ‘मुनामदन’, ‘कुरुक्षेत्र’, ‘बरमाला’लगायत चलचित्रमा निर्देशन गरेका थिए । उनले प्रेम कथा र जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनाइएको बताए । अन्य विधा वा विषयवस्तुलाई पर्दामा ल्याउँदा जाँचपास रोकिने डर हुने भएकाले पनि प्रायः उस्तै विषयवस्तु समेटेर चलचित्र बन्ने गरेका निर्देशक देउजाको भनाइ थियो ।

“पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन दर्शक कथावस्तु बुझ्न र मनोरञ्जनका लागि पनि चलचित्र हेर्ने आउँथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले एकाउन्न, ७५ र सय दिन मनाउने गर्थ्याे”,उनले भने ।

सो समयमा नेपाली चलचित्रको आकर्षण ग्रामीण भेगमा बढी रहेको निर्माता एवं निर्देशक अशोक शर्माले बताउनुभयो । उहाँले चलचित्र भवन भ्रमण गर्दा दर्शकमा चलचित्र प्रतिको मायालाई अनुभव गरिएको चर्चा गरे ।

निर्माता शर्माले निर्माण गर्नुभएको ‘ट्रक ड्राइभर’ विसं २०५० चैतमा प्रदर्शन गरिएको थियो । “म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिएँ । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । बेहोस भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न भित्र पस्ने गर्दथे” उहाँले अनुभव सुनाए ।

“दर्शक टिकट काटेर हलमा पुगेपछि चलचित्र नसकिँदासम्म घर जाँदैनथे”, निर्देशक शर्माले भने, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । हामी ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गर्थ्याैं ।”

उक्त समयमा चलचित्र हेर्ने प्रचलन थियो । कलाकार विशेषको स्टारडमसँगै ‘नेपाली चलचित्र’ हेर्ने युगका रुपमा समेत उक्त समयलाई बुझिन्छ । त्यही कारण नै न्यून चलचित्रले मात्र घाटा व्यहोर्नुपर्थ्याे । अहिले समय बदलिएको छ । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ । नेपाली बसोबास गर्ने विश्वका हरेक कुनामा ती दर्शक बनिसकेका छन् । ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।

निर्माता शर्माका अनुसार पूर्णतया डिजिटल प्रविधिमा चलचित्रको छायाङ्कन, निर्माण तथा प्रदर्शन हुने नेपाल पहिलो देश हो । नेपालमा डिजिटल प्रविधिको सुरुआत उनले ‘डिजिटल सिनेमा नेपाल’ कम्पनीमार्फत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?