Trending:

आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : सञ्चारमन्त्री गुरुङ आइएमई पेबाट ट्राभल बुकिङमा १०० % क्यासब्याकको अफर विद्युतीय कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने ईसेवा मनी ट्रान्सफरद्वारा विद्यालयलाई सहयोग टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना प्रवाह, सचेत रहन आग्रह आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट इन्ड्राइभ आईसीटी अवार्डको ग्रान्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्यो ललितपुर महानगरले ल्याएको ‘एलएमसी गार्बेज अलर्ट’ के हो ? नेपालमा डिजिटल सेफ्टी जागरुकताका लागि टिकटकले गर्‍यो सेफ्टी एम्बेस्डरहरूसँग छलफल मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने तीन दशकअघि बनेको कानुन संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक, कति पर्छ मूल्य? कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने हिरो मोटोकर्पको नयाँ सिरिज आउँदै, यस्ता छन् विशेषता गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण
World News

मिसाइल उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

मिसाइल उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३० श्रावण, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका छन् ।

किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।

रणनीतिक क्षेप्यास्त्र प्लान्ट फ्याक्ट्री भ्रमणका क्रममा किमले प्लान्टले उत्पादनमा उत्पन्न हुने वैज्ञानिक र प्राविधिक समस्यालाई परिपूर्ण बनाएको र हतियारको आधुनिकीकरणलाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।

केसीएनएका अनुसार उनले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिएका छन् ।

किमले ‘गोलाबारूदको उत्पादनमा वृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् भने उनी आँफैले बख्तरबन्द लडाकू वाहन चलाएको तस्बीरसमेत सार्वजनिक गरिएको छ ।

सरकारी रोडोङ सिनमुन पत्रिकाले सार्वजनिक गरेको तस्बिरमा किम उत्तर कोरियाले ‘हालै विकसित युटिलिटी कम्ब्याट बख्तरबन्द गाडी’को चालकको सिटमा बसिरहेको देखिनुहुन्छ ।

किमले ट्रान्सपोर्टर इरेक्टर लञ्चर उत्पादन गर्ने कारखानाको पनि निरीक्षण गर्दै मोबाइल प्लेटोर्मको विकास र उत्पादनको महत्वमा उनले जोड दिएका थिए ।

उत्तर कोरियाली सेनासँग ‘ठूलो सैन्य बल’ हुनुपर्छ र शत्रुविरुद्ध कुनै पनि समयमा कुनै पनि युद्धको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्छ,” किमलाई उद्धृत गर्दै केसीएनएले उल्लेख गरेको छ । “यदि उनीहरूले आक्रमण गरे भने उत्तर कोरियाले उनीहरूमाथि धावा बोल्ने हैसियत रहनुपर्ने किमले बताएको सिनमुनले समाचारमा उल्लेख गरेको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अगस्ट २१ देखि अगष्ट ३१ सम्म हुने वार्षिक उल्ची फ्रिडम शिल्ड (युएफएस) अभ्यासको तयारी गरिरहेका बेला यो निरीक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?